अन्तत: हराएको मच्छिन्द्रनाथको भोटो भेटियो..

ललितपुर, जेठ ४ – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो मन्दिरको भग्नावशेषमा भेटिएको छ।


फाइल फोटो

दुई साताको प्रयासपछि भोटोलगायत मन्दिरका गरगहना फेला परेको गुठी संस्थानका प्रमुख रुद्रनाथ अधिकारीले बताए।

मन्दिरका भग्नावशेषबाट सिलबन्दी अवस्थाका २९ बाकस निकालिएको छ। हिराजडित बहुमूल्य भोटो, गजुर र ध्वजा सुरक्षित राखिएको छ।

बुङ्मतीमा अवस्थित मन्दिर गत वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको थियो। मन्दिर भत्केपछि भोटोलगायत देवीदेवताका गरगहना पुरिएका थिए। (रासस)





Comments

comments

Leave a Reply

6397