यसरी खल्लो भो बिदेशको साकेला…

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –
लण्डन, ३ जेठ। बेलायतको वकिङ शहर नजिकै किरात राईहरुको आफ्नै भूमि ग्याम्बलस लेन, रिप्ले अवस्थित माङखिम तथा साकेला स्थल किरात राई घरमा उभौली (यालेदोङ ५०७५) साकेला २०७२ भव्य रुपमा मनाउन केही महिनादेखि नै तयारीमा जुटेका राईहरु उक्त दिन भने महाभुकम्पको कारण स्वदेशको भयवहस्थितीलाई मध्यनजर गर्दै कार्यक्रम फरक ढंगले प्रस्तुत गरे।

कार्यक्रममा कुनै व्यानर र सजावटहरु थिएनन्। कसैले व्याजहरु नलगाएपनि पाहुनालाई खदाले स्वागत र मुख्य मञ्चमा भूकम्प आर्थिक राहत संकलनको ठूलो व्यानरसहित नेपालका दर्दनाक तस्विरहरु टाँसिएका थिए।

कार्यक्रमको प्रारम्भ मञ्चमा संमवेदना श्रद्धाञ्जलि, भूकम्पमा परी अकालमै मृत्यु हुनेहरुको चिरशान्तिको कामना गर्दै उपस्थितहरु सबैले दिप प्रज्वलन गर्नुको साथै किराती धामीले सवैलाई चोख्याउने कार्य गर्नु भएको थियो।

कार्यक्रमको दोस्रो चरणमा किरात राईहरु भूमिपुत्र अनि प्रकृतिको पूजक भएको हुंदा साकेलाको पूजा गरेर संकटकाल फेरि नदोहोरियोस् भन्दै किरात धामीवाट शिली भूमे पूजा विधिपूर्वक सम्पन्न गरी दिनभर आर्थिक राहत संकलनमा जुटेका थिए।

गतसालहरुमा साकेला सिली प्रतीयोगिता र उभौली धुमधामले मनाए पनि यो वर्ष त्यस्तो नभएको र पूजा आराधनामा मात्र सिमित राखिएको साकेला उभौली कोर्डीनेटर तथा संघका उपध्यक्ष चन्द्रवहादुर राईले बताउनुभयो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

6528