नेपाल मुक्तक प्रतिष्ठान यूके शाखाको स्थापना

सुमलकुमार गुरूङ / एचकेनेपाल डट कम – लण्डनस्थित बुफ रेष्टुरेण्टमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूके च्याप्टरका अध्यक्ष डा. रुपक श्रेष्ठको संयोजनमा बेलायतमा बसोबास गर्ने नेपाली साहित्यका सर्जकहरु तथा साहित्य अनुरागीहरु मिलेर नेपालमा भर्खरै गएको महाभूकम्प पीडितहरुका लागि साहित्यिक कार्यक्रम गरेर केही राहत सङ्कलन गर्न एउटा बैठक सम्पन्न भएको छ।

बैठकमा नेपालबाट आएका सर्जक दम्पति प्रा.डा. सन्जिव उप्रेती तथा उनका धर्मपत्नि डा. अर्चना थापाका विशेष उपस्थिति रहेको थियो। एकआपसमा परिचय आदनप्रदानपछि केहि हप्ताभित्र बेलायती सर्जकहरु मिलेर एउटा कार्यक्रमका लागि भेनु, कार्यक्रम समय अवधि, कार्यक्रममा प्रस्तुति गर्ने विषय, प्रायोजकहरु तथा त्यस कार्यक्रमका व्यवस्थापन सम्बन्धि छलफल भएको छ।

अनेसास, बेलायत च्याप्टरका अध्यक्ष डा. रुपक श्रेष्ठले बैठकमा नेपाल मुक्तक प्रतिष्ठानले बेलायतमा पनि एउटा शाखा खालिने खोल्ने कुरा अघि सारेका थिए। बैठकमा सहभागी सर्जक मध्ये छलफल गरेर सहमतिमा दुर्गा प्रसाद पोख्रेलको अध्यक्षतामा सात सदस्यीय कार्यकारी समितिको गठन भएको छ। बैठकले संस्थाका सल्लाहकारमा डा. रुपक श्रेष्ठलाई मनोनित गरेको छ।

बेलायतमा रहेका पाँचवटा साहित्यिक संस्थामा अब फेरि एउटा कान्छो संस्था थपिएको छ। प्रा.डा. सन्जिव उप्रेतीले नव कार्यकारी समितिका पदाधिकारीहरु तथा सदस्यहरुको नाम पढेर सुनाउदै शुभकामना व्यक्त गरे। सागर सिलवाल उपाध्यक्ष, बिरु राई महासचिव, सबि श्रेष्ठ कोषाध्यक्ष, राजन श्रेष्ठ सदस्य, राज श्रेष्ठ सदस्य तथा प्रतिमा केसी सदस्यमा रहेको कार्यकारी समितिका अध्यक्ष दुर्गा प्रसाद पोख्रेल लगायतकालाई समाजसेवी तथा साहित्यकार सुमलकुमार गुरुङले शपथ ग्रहण गराएका थिए। त्यसपछि मुक्तककारहरुबाट मुक्तक वाचन गरेर बैठक विसर्जन भएको थियो।





Comments

comments

Leave a Reply

6621