यौनधन्दा चलाउने होटल सञ्चालक र जोडी पक्राउ

कोहलपुर–होटलमा अवैध यौनधन्दा चलाएको आरोपमा कोहलपुर प्रहरीले एक होटल सञ्चालक र दुई जोडीलाई पक्राउ गरेको छ। कोहलपुर चप्परगौडीस्थित होटल सल्यानी गाउँलेका सञ्चालक र यौन कार्यमा संग्लन दुई जोडी युवा युवतीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका विरुद्ध अनैतिक यौनकार्यमा संग्लन भएको भन्दै प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ। कोहलपुर प्रहरीका अनुसार पक्राउ परेका सञ्चालक र युवा युवतीमाथि थप अनुसन्धान भैइरहेको खबर नागरिक दैनिकमा छ। उनीहरुलाई मुद्दा दर्ता गरी अनुसन्धान भैइरहेको डिएसपी जनकबहादुर शाहीले बताए।





Comments

comments

Leave a Reply

6623