हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’

एचकेनेपाल डट कम संवाददाता-
हङकङ। २४ जुलाई। नेपाल सरकारले भानुभक्त द्विशतवार्षिकीको अवसरमा चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका ८ जना नेपाली साहित्यकार तथा पत्रकारहरूलाई ‘भानुभक्त स्वर्ण पदक’ द्वारा सम्मानित गरेको छ।

भानुभक्त स्वर्ण पदकद्वारा सम्मानित हुनेहरूमा टङ्क सम्बाहाम्फे सुब्बा, दीपा एवाई राई, डी.बी.पालुङ्गा लिम्बू, दिलबहादुर लिम्बू, पशन तमू, देवराज राई, पूर्णिमा जी शाह र अमोद राई रहेका छन्।

भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिको सिफारिसमा उनीहरूलाई भानुभक्त स्वर्ण पदकद्वारा सम्मानित गरेको हो। यसअघि, पदक पाउने विभिन्न नामहरू बाहिर आएपनि आधिकारिक वक्तव्य सार्वजनिक भएको थिएन।

आज विहीबारमात्र भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिका सल्लाहकार नरेन्द्रराज प्रसाईद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै भानुभक्त स्वर्ण पदकबाट सम्मानित हुनेहरूको नाम सार्वजनिक गरिएको हो।

भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिका सल्लाहकार प्रसाईद्वारा जारी प्रेस विज्ञप्तिको विवरणः
नेपाल सरकारले भानुभक्त द्विशतवार्षिकी कार्यकारी समितिको सिफारिसमा चीनमा रहेर भानुभक्त द्विशतवार्षिकीको उचाई प्राप्तिका लागि समर्पित भएर कार्य गर्ने ८ जना महानुभावलाई “भानुभक्त स्वर्ण पदक” प्रदान गरेको छ।

चीनमा रहेका साहित्यकार र पत्रकारहरूमध्ये ‘भानुभक्त स्वर्ण पदक’बाट सम्मानित हुनेहरूमा टङ्क सम्बाहाम्फे सुब्बा, दीपा एवाई, डी.बी.पालुङ्गा लिम्बू, दिलबहादुर लिम्बू, पशन तमू, देवराज राई, पूर्णिमा जी शाह र अमोद राई हुनुहुन्छ।

नरेन्द्रराज प्रसाई
सल्लाहकार
भानुभक्त द्विशतवार्षिकी कार्यकारी समिति





Comments

comments

663