ओभरफ्लो भएर बग्यो कालीगण्डकी, आसपासका बासिन्दा झन त्रसित

म्याग्दी, १६ घण्टासम्म थुनिएको कालीगण्डकी नदी पहिरोबाट ओभर फ्लो भएर बग्न थालेपछि बाढी आएको छ। आइतबार साँझ सबा ५ बजेबाट ओभर फ्लो भएर कालीगण्डकी बग्न थालेपछि किनार आसपासका बासिन्दा त्रसित भएका छन्।

म्याग्दीको राम्चे गाविस–९ फेदीमा चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती-२ स्थित बैंसेरीमा थुनिएको कालीगण्डकी खुलेपछि ठूलो बाढी आएको हो।

नदी थुनिँदा घर छाडेर हिँडेका मानिस बाढी आएपछि झनै त्रसित भएका छन् । नदी थुनिएपछि स्थानीय प्रशासन र प्रहरीले माइकिङ गरेर खतराको सूचनासहित सचेत गराएका थिए।


फोटो: पहिरोमाथिबाट बग्न थालेपछि कालीगण्डकीमा आएको बाढी। तस्बिर: विष्णु शर्माको फेसबुकबाट

कालिगण्डकी पुरै थुनियो, ज्यान जोगाउन भागभाग, २६ घर डुबायो
म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले (भिडियो हेर्नुहोस्) कालिगण्डकी नदी मध्यरातीदेखि थुनिएको छ। राम्चे–९ काफलडाँडाँ नजिकैको चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती–२ स्थित बैंसेरीमा कालिगण्डकी नदी थुनिएको हो।


फोटोः म्याग्देली भाइ ट्विटर

राति एक बजे ठुलो चट्टानी पहाड खसेर कालिगण्डकी पूर्णरुपमा थुनिएको प्रहरी नायब उपरीक्षक हिरा गिरीले जानकारी दिए। रातको समयमा निरन्तर पहिरो खसिरहेको थियो। बैंसरीमा ठूलो ताल बनेको छ। बैसरी र फेदीका २६ घर पुरै डुबाएको छ।

त्यहाँका सर्वसाधारण यसअघि नै सुरक्षित स्थानमा गएकाले कुनै मावनीय क्षति भएको छैन। ‘कालीगण्डकी नदी ९० प्रतिशत थुनिएको छ, सुरक्षित स्थानमा रहन हामीले सबैलाई आग्रह गरेका छौँ, प्रनाउ गिरिले भने।

मध्यरातीदेखि कालिगण्डकी थुनिएपछि बाँध फुटेर बाढी आउन सक्ने खतरा बढेपछि बेनीबजार, गलेश्वरबजार, पर्वतको बगरफाँट, पर्वत बेनी लगायतका स्थानमा सर्वसाधारणले रातिदेखि नै बजार छाडेको समाचार अन्नपूर्णपोष्टमा छ।

प्रहरीले माइकिङ गर्दै बजार छाडेर उपल्लो भेगमा गएर बस्न बेनीबजारमा आह्वान गर्दै सर्वसाधारणलाई सचेत गराएको छ। अहिले बेनीबजारका सर्वसाधारण बस्ती छाडेर अर्थुङ्गे आसपासको क्षेत्रमा पुगेर बसेका छन्।

कालिगण्डकी थुनिएपछि बैसरी माथिका बेगखोला, तिप्ल्याङ, महभीर, भिरकाटे, पोखरेबगर, भुरुङतातोपानी, दाना लगायतका स्थानमा डुवानको खतरा रहको छ।

घुमाउनेताल, गलेश्वर, बेनी लगायत पर्वत, बाग्लुङ र स्याङ्जाको कालिगण्डकी टटिय क्षेत्रका बस्तीमा जोखिम बढेको छ।

शुक्रबार राति पहिरो खसेपछि भगवती–२ बैंसेरी र राम्चे ९ फेदीका बस्तीलाई सुरक्षित स्थानमा सारिएको थियो। बस्ती सारेको कारण भिषण पहिरो खसेको स्थानमा मानविय क्षति हुन नपाएको स्थानिय राम केसीले जानकारी दिए।

राति ठूलो आवाज आउने गरी पहिरो खसेर कालिगण्डकी नदी थुनिएपछि त्यसवरपरका सर्वसाधारणमा भागदौड मच्छिएको केसीले जानकारी दिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक विमल उपाध्यायको नेतृत्वमा प्रहरी र नेपाली सेनाको टोली पुगिसकेको छ। भिडियोहरू यहाँ छन्

पहिरोले पुरिएपछि माथि ताल र तल नदी सुकेको छ…

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

6657