भूकम्पपीडितलाई मकाउबाट ४० लाख रुपैयाँ सहयोग

एचकेनेपाल डट कम- काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मकाउले नेपालका भूकम्प पीडितका लागि राहतस्वरुप ४० लाख रुपैयाँ प्रदान गरेको छ।

राष्ट्रिय समन्वय परिषद मकाउले आफ्ना सदस्यमार्फत संकलन गरेको सो रकम गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिलाई हस्तान्तरण गरेको हो।

मे २२ तारिख शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एनआरएनए मकाउका अध्यक्ष सुदर्शन थापाले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेलाई सो रकम हस्तान्तरण गरेका हुन्। गैरआवासीय नेपाली संघको आह्वानमा संसारभरका गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषदले रकम संकलन गरी एनआरएनए आईसीसीलाई पठाइरहेका छन् ।

एनआरएनए अध्यक्ष शेष घलेले मातृभूमिका दाजुभाई दिदीबहिनी दुःखमा परेका बेला मकाउमा सानो संख्यामा रहेका नेपालीहरुले आफ्नो गास काटेर यति ठूलो रकम जम्मा गर्न सफल भएको भन्दै यो अभियानमा संलग्न सवैप्रति आभार प्रकट गरेका छन्।

लण्डनस्थित युनाइटेड नेप्लिज कम्युनिटी हिथ्रो संस्थासंग आबद्ध र केही बिदेशीसमेतको सहभागीतामा संकलन गरेको ६ लाख २० हजार रुपैयाँ गैरआवासीय नेपाली संघलाई हस्तान्तरण गरेको छ। सो रकम बराबरको चेक संस्थाका तर्फबाट निर्मल ढुंगानाले बिहीबार काठमाण्डौमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई हस्तान्तरण गरेका हुन्।

यसअघि गैरआवासीय नेपाली संघको राहत अभियानबाट प्रभावित भई बर्मामा बसोबास गरिरहेका नेपालीहरुले संकलन गरेको २५ लाख रुपैयाँ पनि गैरआवासीय नेपाली संघलाई हस्तान्तरण गरेका छन्।

गैरआवासीय नेपाली संघले भूकम्प पीडितका लागि संचालन गरेको राहत अभियानप्रति बिश्वास लागेर एनआरएनमार्फत् नै सो रकम पीडितसम्म पुर्‍याउन चाहेको संस्थाले बताएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

6670