गोर्खा वेलफेयर ट्रष्टलाई विस हजार पाउण्ड सहयोग

धर्मराज अधिकारी / एचकेनेपाल डट कम –
लण्डन । नेपाल–बेलायत सम्बन्ध स्थापनाको दुई सय बर्ष पूरा भएको अवसर पारी ह्याम्सायरस्थित एक च्यारिटी संस्था नेपाली मद्दत समूहले गत शनिबार बृहत कार्यक्रमको आयोजना गर्यो। ईष्ट्ली गोर्खा नेप्लिज एशोसियसनको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा करीब एकजार भन्दा बढि पूर्व गोर्खा तथा स्थानीयहरुको सहभागिता थियो।

बेलायतमा सन् १९९८ देखि नेपाली मद्दत समूहका को–फाउण्डर कमल पुर्जाको संयोजनमा हुंदै आइरहेको यो कार्यक्रम यस बर्ष अझै बृहत बनाइएको आयोजकले बताएका छन्। बेलायतको इष्ट्ले, स्विण्डन, बेइजिङ स्टोक, फार्नबरो, अल्डरसट लगायतका स्थानबाट सहभागिहरुले विन्चेस्टरस्थित गोर्खा म्युजियम र हिलीयर गार्डेनको अवलोकन भ्रमण गरेका थिए।

कार्यक्रममा नेपाली लगायत स्थानीय समुदायका प्रतिनिधिहरु नेपाली खानामा रमाउंदै नौमती बाजाको तालमा नाचेका थिए।

कार्यक्रमका संयोजक कमल बहादुर पुर्जाले नेपाल बेलायत सम्बन्धको दुई सय बर्षको अवसरमा कार्यक्रमलाई बृहत बनाइएको दावी गरे। उनले कार्यक्रममा सहयोग पु¥याउनेहरुप्रति आभार प्रकट गरेका थिए। यस कार्यक्रमले स्थानीयसंग नेपालीको सामिप्यता बढाउन पनि सहयोग पुग्ने पुर्जाले विश्वास लिए।

गैरआवासीय नेपाली संघ युकेका पूर्व राष्ट्रिय संयोजक एवं कार्यक्रमका व्यवस्थापक मध्य एक योग कुमार फगामीले पूर्व गोर्खाहरुको बृहत सहभागिताले कार्यक्रम सफल भएको टिप्पणी गरे।

मद्दत समूहका सहयोगी एकराज नेम्बाङले यस भ्रमणलाई उत्सवका रुपमा मनाईएको जिकिर गरे। विगत जस्तै यो बर्ष पनि सहभागीहरूले प्रकृतिको सौन्दर्यसंग भुल्ने अवसर पाएको उनको भनाई थियो।

त्यस्तै गायिका निता पुनले पनि सहभागीहरुले भरपूर मनोरञ्जन लिएको बताउंदै यस बर्षको भ्रमण उत्कृष्ट र फलदायी भएको टिप्पणी गरिन्।

सोही अवसरमा गोर्खा म्युजियमका ग्याबीन ह्यारीष र गार्डेनका डाइरेक्टर बब उल्स ग्याङ्गले स्वागत मन्तव्य दिए। कार्यक्रममा ह्याम्सार काउण्टी काउन्सीलका प्रमुख रोय पेरी, रोयल ब्रिटिश लिजनका गेरी ग्रोभ लगायत सहभागी थिए।

कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी भएकाहरुले भ्रमणबाट आफूहरुले धेरै कुरा हेर्ने, जान्ने र सिक्ने अवसर पाएको बताएका थिए। हिलयर गार्डेनमा रहेका करीब १२ हजार भन्दा बढि प्रकृतिका बोट विरुवा तथा फूलहरुले नेपालको याद भुलाएको उनीहरुको भनाई थियो। गार्डेनको प्रबेशद्धारबाट हिंडेको केही समयमा नेपाली चौतारो भेटिएको थियो।

नेपाली गोर्खा रेजिमेट्सहरुको नाम अंकित चौतारोमा नेपालकै गाउं घरको याद दिलाउने तस्विरहरु टांगिएका छन। गोर्खा परिवारसंग सहभागी गार्डेनका प्रमुख बबले उनीहरुलाई बोट विरुवाबारे जानकारी दिंदै नेपाली चौतारोमा पुर्याएका थिए।

सो अवसरमा मद्दत समूहका को फाउण्डर पुर्जा तथा एरिया प्रतिनिधिहरुले गार्डेनका प्रमुख तथा अन्य सहभागि पाहुनाहरुलाई खादा लगाई सम्मान गरेका थिए।

सोही कार्यक्रममा नेपालमा हालै गएको भूकम्पमा परि घाइतेहरुको ब्रिटिश गोर्खाहरुको पनि सहभागिता रहेको थियो। कार्यक्रममा भूकम्प पीडितहरुका लागि ह्याम्सायर काउण्टी काउन्सीलले गोर्खा वेलफेयर ट्रष्टका ग्यारी घलेलाई विस हजार पाउण्डको चेक हस्तान्तरण गरेको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

6779