गोमा एयरको विमान पोखराको धावनमार्गमा दुर्घटना (फोटो फिचर+भिडियो)

पोखरा। जोमसोमबाट पोखरा आएको गोमा एयरको विमान मंगलबार विहान अवतरणका क्रममा सामान्य दुर्घटनामा परेको छ।

गोमाको 9 N AKY विमानको अगाडिको भाग धावनमार्गमा ठोक्किँदा सामान्य क्षति भएको छ। विमानमा सवार १८ जना यात्रु सकुशल रहेका छन्।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

विमानको अगाडिको ‘नोज’ सामान्य ठोक्किएको विमानस्थलका एक कर्मचारीले भने। सुरुमा विमानको पाङ्रा नखुलेका कारण दुर्घटना भएको अनुमान गरिएको थियो। चेकजाँच गर्दा विमानका सबै पाङ्रा सामान्य अवस्थामा पाइएको प्रहरीले जनाएको छ।

भिडियो हेर्नुहोस्

गोमा एयरको विमान पोखराको धावनमार्गमा दुर्घटना…

Posted by HKNepal.com on Monday, 1 June 2015





Comments

comments

Leave a Reply

6787