अब पोखरामा ह्याङग्लाइडर पनि, चरा झैं उड्न पाइने

पोखरा, साहसिक खेलका लागि ख्याति कमाएको पर्यटकीय नगरी पोखरामा अर्को साहसिक खेल ह्याङग्लाइडर सञ्चालन हुने भएको छ। पोखरामा पहिलोपटक पुतली जहाजले चिनिने अल्ट्रालाइट भित्र्याएको एभिया क्लबले ह्याङग्लाइडर सञ्चालन गर्न लागेको हो।

साहसिक खेलको भीडमा पर्यटकलाई फरक स्वाद चखाउने उद्देश्यले क्लबले ह्याङग्लाइडर सञ्चालन गरिन लागिएको जानकारीमा ल्याउने एभिचया क्लबका व्यवस्थापक रिजन रिजालले बताए। ‘ह्याङग्लाइडर अल्ट्रालाइटको जस्तै पखेटा भएको तर बिना इन्जिनको ग्लाइडर हो।

बिना इन्जिनको ग्लाइडरमा चराजस्तै पखेटामा रहेको पेटीमा बसेर सुतेर आकाशमा उड्न सकिने भएकोले यो खेल नेपालकै फरक साहसिक खेल हो’, रिजालले भने।

क्लबले आगामी सिजनलाई मध्यनजर गरी सेप्टेम्बरबाट खेलको सुरुवात गर्नेछ। यसका लागि क्लबले सफल रूपमा परीक्षण उडान गरिसकेको समाचार अन्नपूर्णपोष्टमा छ। पोखराबाट १६ किलोमिटर पर फेवातालको सिरान चापाकोट गाविसको बाम्दीमा क्लबले ६० रोपनी जग्गामा उडान र अवतरण गर्ने व्यवस्था गरिसकेको छ।

यस साहसिक खेल अल्ट्रालाइटका सहयोगमा तीनदेखि चार हजार फिटसम्म डोरीले तानेर उडाएर आकाशमा छोडेपछि आफैं आकाशमा उड्ने र जमिनमा अवतरण गर्ने खेल हो।

यस खेलमा प्याराग्लाइडिङ जस्तै एकल उडान र प्यासेन्जरसहित दुईजना उड्न सकिन्छ। क्लबले खेलका लागि दुईवटा ह्याङग्लाइडर र ग्लाइडर उडाउनका लागि एउटा अल्ट्रालाइटसमेत गरी एक करोड रुपैयाँको खेल सामग्री पनि भित्र्याइसकेको छ।

यो खेल विशेषगरी अमेरिका र न्युजिल्यान्डमा लोकप्रिय छ। यसका लागि अल्ट्रालाइटको प्रयोग हुने हँुदा केही महँगो हुनुपर्ने बताइएको छ। उडानका प्याकेज लामो र छोटो गरी दुई प्रकारको राखिने क्लबले जनाएको छ।

नेपालमै पहिलोपटक अल्ट्रालाइट भित्र्याएको एभिया क्लबमा ६ वटा प्याराग्लाइडर, तीन प्यारामोटर र ६ अल्ट्रालाइट सञ्चालनमा छन्। यसको साथै दुई ह्याङग्लाइडर छिट्टै नै सञ्चालनको तयारीमा रहेको छ। क्लबमा पाइटसहित ५५ जनाले रोजगारी पाएका छन्।

के तपाईलाई चरा झैं उड्न मन लागेको छ? ..
हेर्नुहोस् भिडियो

के तपाईलाई चरा झैं उड्न मन लागेको छ? छ भने तपाई पोखरा जानुहोस् तपाईको ईच्छा पूरा हुने छ..

Posted by HKNepal.com on Saturday, 30 May 2015





Comments

comments

Leave a Reply

6845