तेजश्वी र त्रिविक्रमलाई मिस र मिष्टर एसएलसीको उपाधि

विजय नेपाल / एचकेनेपाल डट कम-
पोखरा, २४ जेठ। त्रिविक्रम गुरुङ र तेजश्वी गुरुङ मिष्टर एण्ड मिस एसएलसी नेपाल–२०१५ को उपाधि जित्न सफल भएका छन्।

गोस्पेल मल्टी मिडिया प्रा.लि. ले पोखरामा पहिलो पटक आयोजना गरेको सो प्रतियोगितामा उनीहरु दुबै जना आ–आफ्नो विधामा प्रतिष्पर्धी नं. १ थिए।

नारायण उच्च माविका त्रिविक्रमले उपाधि जित्दै फोटोजेनिक बन्न सफल भएका हुन्। अशेष शाही फष्ट रनरअप र निश्चल पुन सेकेण्ड रनरअप भए। शाहीले टाइगर वाक तथा पुनले मिष्टर हेण्डसम तथा वेष्ट स्कीनको उपाधि जिते।

उता, तेजश्वी मिस एसएलसी नेपाल बन्दै वेष्ट क्याटवाक र वेष्ट सपोर्टिङको उपाधि जित्न सफल भइन्। बालकल्याण उच्च मावि पोखराकी तेजश्वी ९ प्रतिष्पर्धीलाई पाखा लगाउँदै उपाधि हात पार्न सफल भएकी हुन्। वेष्ट हेयरको उपाधि पाएकी गरिमा श्रेष्ठ फष्ट रनरअप भइन्। रिया शाहीले सेकेण्ड रनरअप हुँदै मिस व्युटीफूल तथा मिस पर्सनालिटी सवटाइटल पनि चुमिन्।

निश्चल शर्मा र सुजाता बिकले क्रमशः मिष्टर एण्ड मिस ट्यालेण्टेड उपाधि हात पारे। शर्मालाई वेष्ट स्माइलको थप उपाधि दिइयो। रोशन केसीले वेष्ट सपोर्टिङ, तेज गुरुङले डिस्सिप्लिन, भुवन तिमिल्सिनाले पर्सनालिटी, प्रशान्त श्रेष्ठले वेष्ट हेयर उपाधि पाए।

उता, दिव्या गुङले मिस डिस्सिप्लिन, फरहिन बानुले वेष्ट स्किन, रुवी सापकोटाले वेष्ट स्माइल, बिनम राजभण्डारीले फोटोजेनिक उपाधि हात पार्दा प्रभा पौडेलमात्र उपाधिबिहीन भइन्।

पोखरा सभागृहमा आइतबार सम्पन्न प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि समाजसेवी डा. प्रदुष पुन, आयोजक संस्थाका अध्यक्ष निरु पुन, कोरियोग्राफर रवीन्द्र बज्राचार्यलगायतले पुरस्कारस्वरुप नगद, ट्रफी, क्राउन साथमा गिफ्ट ह्याम्पर हस्तान्तरण गरे। प्रतियोगितामा श्रीमान थुलुङ, सुशील कोइराला, चन्द्रकान्त पौडेल, ज्योति राना निर्णायक थिए।

एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभा प्रष्फुटन तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ आयोजित सो प्रतियोगितामा सहभागीलाई झण्डै एक महिनासम्म विभिन्न तालिममा सहभागी गराइएको अध्यक्ष पुनले बताइन्। संचारकर्मी आशीष श्रेष्ठले संचालन गरेको कार्यक्रममा प्रयत्न श्रेष्ठ, रामकृष्ण शाहको गायन एवं नृत्य तथा बी–ब्वाइङ प्रस्तुतिले गर्मी मौसममा सभागृह हल थप तातेको थियो।
Photo Courtesy: RAINBOW CLUB OF PHOTOGRAPHY





Comments

comments

Leave a Reply

6870