‘सहारा दिएर दुई वर्षसम्म बलात्कार’

काठमाडौं- दुई वर्षदेखि नाताले काका पर्ने तनहुँ, दमौलीका ४२ वर्षीय डम्बरबहादुर अधिकारीबाट बलात्कृत हुँदै आएकी चितवनकी १८ वर्षीया सबिना गौतम (परिवर्तित) ले ठूलो आँट गरेर ललितपुर प्रहरीमा उजुरी दिइन्।


गुगल फाईल फोटो

कतारमा कार्यरत डम्बर असार ३१ गते नेपाल फर्कंदै थिए, असार २४ गते उजुरी दर्ता भयो महानगरीय प्रहरी परिसर, ललितपुरमा।

अरु बेलाझैं उनले त्यस दिन पनि भतिजीबाट यौनप्यास मेट्ने योजना बनाएका थिए। सबिनाले सबै कुरा प्रहरीलाई जानकारी दिइन्।

असार ३१ गते राति १० बजे डम्बरले सबिनालाई आफन्तको घरबाट ललितपुर, मानभवनस्थित एक होटलमा पुर्याहए। राति १ बजे डम्बर सबिनामाथि उही कर्तुत दोहोर्याफउँदै थिए, प्रहरी पुगे र रंगेहात पक्राउ गरे।

डम्बर अहिले अनुसन्धान क्रममा ललितपुर प्रहरीकै हिरासतमा छन्। उनीविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको छ, ललितपुर जिल्ला अदालतमा।

घरझगडाका कारण उनका आमाबाबु छुट्टिए। बाबुले अर्को विवाह गरे। कान्छी आमा र बाबु दुवैले उनीप्रति ध्यान पुर्याकउन छाडे। बाबु कमाउन दुबई गए।

आरोपित डम्बर पनि कामको सिलसिलामा कतार थिए। उनले त्यहीँबाट सबिनालाई फोन गरे र सहर राखेर पढाइदिने इच्छा व्यक्त गरे।

सबिना पोखरामै छात्रावास बसेर पढ्न थालिन्। छात्रावास बस्न थालेको चार महिनापछि डम्बर कतारबाट नेपाल आए। उनले सबिनालाई आफूसँगै घर पुर्यापए दसैं मनाउन। त्यसको दुई महिनापछि मंसिरमा पुनः कतारबाट पोखरा आए र गाउँबाट फर्केपछि दिउँसै लज पुर्यािए। त्यो दिनको तिथिमिति उनलाई याद छैन। त्यही दिन हो उनको पहिलोपटक अस्मिता लुटिएको।

परिवारलाई यो कुरा भने मारिदिने धम्की दिएको उनले सुनाइन्। ‘तँलाई यही काम गर्न यत्रो खर्च गरेको, यो कुरा कतै भनिस् भने परिवारैलाई मारिदिन्छु भन्थ्यो।’ नागरिक दैनिकमा समाचार छ।

त्यस दिन सबिनालाई छात्रावास पुर्या्एर उनी कतार फर्के। सबिनाले घटनाबारे आफ्नी काकीलाई बताइन् तर काकीले आफूलाई पढाइदिने मान्छेले भनेको कुरा मान्दै जाऊ भनेपछि अरू कसैलाई केही नभनेको सुनाइन्।

छात्रावासमा सबिना कडा अनुशासनमा राखिएकी थिइन्। डम्बरले आफू मात्र मुख्य अभिभावक भनेर अरु कसैसँग बाहिर नपठाउने सर्त राखेर भर्ना गरिदिएकाले उनी बन्धनमा थिइन्।

त्यसयता डेढ महिना, तीन महिना अवधिमा डम्बर कतारबाट आउँथे र छात्रावासबाट घर लैजाने भन्दै निकालेर कहिले बन्दीपुर, कहिले पोखरा त कहिले हवाईजहाजबाट काठमाडौं ल्याएर होटलमा राख्थे र प्यास मेट्थे।





Comments

comments

Leave a Reply

6968