ओवामाकी सल्लाहकार सदस्य नेपाली छोरी संजितासंग अन्तर्क्रिया

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी, अमेरिकाका राष्ट्रपति बराक ओवामाको सल्लाहकार समिति सदस्य संजिता प्रधानसंग एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

अमेरिकाको जर्जियाको एटलाण्टास्थित नासिया (नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका) गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानलाई सहभागीहरुले बधाई दिनुको साथै भब्य स्वागत गरेका थिए। दूरसंबाद माध्यमबाट गरिएको अन्तरक्रिया कार्यक्रममा अमेरिका तथा क्यानाडाबाट विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा मन्तब्य राख्दै प्रधानले भूकम्पपीडित, अस्थायी संरक्षण दर्जा (टिपीएस),अन्य बिबिध बिषयलाई समेट्दै आफ्नो पदको भूमिका बारेमा बताइन्।

प्रधानले आफ्ना कुराहरु राख्दै कार्यक्रममा आफूलाई बोल्ने अवसर दिएकोमा हर्ष व्यक्त गर्दै संस्था तथा पदाधिकारीलाई धन्यबाद दिईन। आफ्नो काम निकै चुनौतीपूर्ण छ भन्दै आफू आएको ९ बर्षमा निकै मेहनत गर्नु परेको बताउदै आफू यस ठाउँमा पुग्दा अन्य एसियन समुदायमा एक प्रकारको जलन हुन् पनि सक्ने आफूलाई लागेको बताईन्।

आफ्नो काममा सम्मान भएकोमा खुशी लागेको बताउदै एसियन समुदायसंग काम गर्नु पर्नेछ भन्दै आफू नेपाली समुदायसंग काम गर्न रुचाउछु भनिन्।

प्रधानले अगाडि भनिन् हामीले दोश्रो पुस्ताको लागि काम गर्नु पर्ने अपरिहार्यता रहेको छ। नेपाली समुदायले समाबेसी हुनु पर्ने उनले बताइन्। समाबेसी भएमा हामी तल्लो स्तरबाट राज्यस्तर र राज्यस्तरबाट केन्द्रमा पुग्न सक्ने छौ भन्दै तर हामी सम्बद्ध छैनौ उनले भनिन्।

कार्यक्रममा अधिकांस भूकम्प तथा अस्थायी संरक्षण दर्जा (टेम्पोररी प्रोटेक्टेड स्ट्याटस) बारेमा ज्यादा चर्चा भएको थियो।

नासिया (नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)का जनसम्पर्क समितिका संयोजक प्राध्यापक डा नरकाजी गुरुङले अन्तरक्रिया कार्यक्रममा नेपाली र नेपालको हितको लागि बिशिष्ठ व्यक्तित्वलाई छलफलमा बोलाउदै गरेको जानकारी गराए।

डा गुरुङले प्रधानको संक्षिप्त परिचय दिएका थिए भने अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जिज्ञासा राखेका थिए। प्रधानले सबैको जिज्ञासाको उत्तर दिएकी थिइन्।

संस्थाको तर्फबाट डा गुरुङले धन्यबाद दिएका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका सभापति रामचन्द्र बराल (बिद्या वारिधि)ले गरेका थिए। डा बरालले प्रधानलाई कार्यक्रममा स्वागत गर्दै बधाई दिएका थिए। राष्ट्रपति ओबामाले प्रधानलाई नियुक्ति गरेकोले नेपाली समुदायमा रौनकता छाएको उनले बताए।

यो पनि पढ्नुहोस्
नेपालकी छोरी सञ्जिता राष्ट्रपति ओबामाको सल्लाहकार





Comments

comments

Leave a Reply

6979