फेल भएपछि लक्ष्मीले गरिन् आत्महत्या

मोरङ, शुक्रबार सार्वजनिक एसएलसी परीक्षामाको नतिजामा अनुत्तिर्ण भएपछि मोरङमा एक किशोरीले आत्महत्या गरेकी छन्।

एसएलसीमा फेल भएपछि मोरङको उर्लाबारीकी–७ की १७ वर्षीया लक्ष्मी खड्काले शुक्रबार साँझ झुन्डिएर आत्महत्या गरेकी हुन्।

स्थानीय सुनपकुवा उच्च माविबाट २०७१ को एसएलसी दिएकी उनी विज्ञान बिषयमा अनुत्तीर्ण भएकी थिइन्।

विज्ञानमा फेल भएको खबर पाएछि निराश बनेकी उनको शव शुक्रबार साँझ साढे ६ बजे झुण्डिएको अवस्थामा स्थानीयबासीले घरैमा भेटाएका उर्लाबारीबाट स्थानीय पत्रकार तेजन खड्काले जानकारी दिएका छन्।

खड्काले अस्थायी प्रहरी चौकी उर्लाबारीेका प्रहरी सहायक निरीक्षक भीमबहादुर भुजेललार्इ उधृत गर्दै जानकारी दिए अनुसार उनको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र मंगलबारेमा राखिएको समाचार अन्नपूर्णपोष्टमा छापिएको छ।

पढाइमा तेज दिमागकी लक्ष्मीले यो एसएलसीमा राम्रो अंक ल्याएर पास हुने कुरा साथी र नातागोतालाई बताउँदै आएकी थिइन् । लक्ष्मी हजुरआमासँग बसेर पढ्दै आएकी थिइन्। उनकी आमा गोमा खड्का रोजगारीका लागि विदेशमा छिन्।

लक्ष्मीका बाबुले भक्तबहादुर खड्काले पनि झण्डै डेढ बर्षअघि आत्यहत्या गरेर मरेको खुल्न आएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7083