‘नारीचुली’को जघन्य अपराधीमाथि मुद्धा

पुस्तक
एचकेनेपाल डट कम – नरेन्द्रराज प्रसाईले लेखेका ‘नारीचुली’ जगदीशशमशेर राणाले अङ्ग्रेजी भाषामा अनाधिकृत रूपमा प्रकाशनमा ल्याएका छन्। राणाले गरेको सो अपराधको न्यायका लागि प्रसाईले नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका छन्।

प्रसाईले झन्नै अठार वर्ष लगाएर शोध, खोज र अनुसन्धान गरी नेपाली भाषामा ‘नारीचुली’ २०६३ सालमा नइ प्रकाशन मार्फत प्रकाशनमा ल्याएका थिए। ५३५ पृष्ठको सो जीवनीसङ्ग्रहमा प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीदेखि २०१७ सालसम्म जन्मेका २५४ जना नेपाली नारी स्रष्टाको जीवनी रहेको छ।

‘नारीचुली’ को साजसज्जादेखि, सम्पूर्ण तस्बिर र मोलका साथै जीवनी बेहोरासम्म जस्ताको तस्तै अङ्ग्रेजी भाषामा अनुवाद गरेर जगदीशशमशेर राणाले Women Writers of Nepal (उमन राइटर्स अफ नेपाल) नाउँको ग्रन्थमा लेखक– जगदीश राणा, प्रतिलिपि अधिकार– जगदीश राणा र सर्वाधिकार सुरक्षा– जगदीश राणा लेखी प्रकाशन गरेको नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईले जनाएका छन्।। राणाको सो कार्यको विरोधमा प्रसाईले उजुरी दिएका हुन्।


लेखक प्रसाईं
‘नारीचुली’ का लेखक प्रसाईले ‘नारीचुली’को प्रतिलिपि अधिकार सुरक्षित गराई पाउनुका साथै राणाले गरेको जघन्य अपराध उपर राणालाई कानुन बमोजिम कारबाही गराई पाऊँ भनी निवदेनमा उल्लेख गरेका छन्।

साथै यस सम्बन्धमा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले महानगरीय प्रहरी परिसर हनुमान ढोकामा राणालाई कारबाहीका लागि सिफारिस गरेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7097