नेपाली युवक दुई सातादेखि कोरियामा बेपत्ता

मीनप्रकाश उप्रेती / एचकेनेपाल डट कम –
सउल, कोरियामा बेपत्ता भएका एक नेपाली दुई साता बितिसक्दा पनि फेला पर्न सकेका छैनन्।

गत मे ३१ तारिख रातिदेखि एक्कासि बेपत्ता भएका तेह्रथुम ओयाक्जुङका सबिन मादेम्बा लिम्बु हालसम्म फेला पर्न नसकेका हुन्।

लिम्बु रोजगार अनुमति प्रणालिबाट एक बर्षअघि कोरिया आएका थिए। कम्पनी परिवर्तन गरि एक महिनाअघि मात्र ख्यङगीदो आन्सङसीको खोसाङ क्षेत्रको हान्ग्यल थ्वेजी नोंङजाङ कम्पनीमा उनी कार्यरत थिए।

उक्त सांझसंगै खाना खाई सुत्न गएका सबिन बिहान उठ्दा फेला नपरेको संगै काम गर्ने दिल कुमार लिम्बुले बताए। सबिन केही दिनदेखि मानसिक तनावमा रहेका जस्तै देखिन्थे। उनी बारम्बार उक्त कम्पनीमा काम गर्न नसक्ने भन्दै आएको दिल कुमारको भनाई थियो।

दुई साता बिति सक्दा पनि सबिन फेला नपर्दा परिवारमा चिन्ता छाएको दिदी सिता मादेम्बाले बताईन्। कोरियास्थित नेपाली दूतावास खोजी कार्यमा गम्भीर नभएको सिताको भनाई थियो। भाई बेपत्ता भएको सुन्ने बित्तिकै उपनियोग प्रमुख राजा राम वर्तैाला र श्रम सहचारी अनिल गुरुङलाई सम्पर्क गर्दा कोरियन प्रहरीले सबै गर्छ हामीले केही गर्नु पर्दैन भन्ने जवाफ पाउंदा मन खिन्न भएको सिताले बताईन्।

उता श्रम सहचारी अनिल गुरुङ्गले भने दूतावास उक्त घटनामा गम्भीर भएको र खोजी कार्य जारी रहेको बताएका छन्।





Comments

comments

Leave a Reply

7106