प्रहरीकै मिलेमतोमा एयरपोर्टबाट युवतीहरुको तस्करी

जेट एयरवेजको विमान उड्नै लाग्दा शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा एक प्रहरी जवान हतारिँदै आए।

एयरवेजका कर्मचारीलाई विमानभित्र रहेका कर्मचारीको सामान छुटेको भन्दै बन्द खाम जिम्मा लगाएर फर्किए। विमानका कर्मचारीले शंका लागेर खाम खोलेर हेरे। खामभित्र कुवेत र इराकको भिसा लागेका चारवटा राहदानी थिए।

प्रहरी जवान ठाकुरप्रसाद घिमिरेले दिएको खामभित्र एक युवतीको राहदानीमा कुवेत र तीन युवतीकोमा इराकको भिसा लागेको खबर कान्तिपुर दैनिकमा छापिएको छ। जेट एयरका कर्मचारीले प्रहरीलाई खबर गरेपछि विमानमा चढेका ४ महिलासहित उनीहरूलाई दिल्लीसम्म पुर्‍याउन जान लागेका ४ आफन्तलाई प्रहरीले विमानबाटै नियन्त्रणमा लिएको छ।

सोधपुछ गर्दा ती युवतीलाई कुवेत र इराक पठाउने दलालले एक्लै जाँदा प्रहरीले रोक्ने भन्दै आफन्तको साथ लगाएर दिल्ली पठाउन लागेको खुलेको छ। इराक नेपाली कामदार पठाउन प्रतिबन्धित मुलुक हो।

विदेश जान लागेका महिलाका आफन्तले आफूहरूलाई दलाले दिल्लीसम्म पुर्‍याएर फर्किन लगाएको प्रहरीलाई बयान दिएका छन्। यसरी विदेशिन लागेका महिलाहरू नुवाकोट, सिन्धुपाल्चोक, तनहुँका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7115