तेरिया फौजा मगर हाम्रा सान हुन्: डी आर गुरुङ

भारतीय टिभी च्यानल जी टिभीले आयोजना गरेको तेस्रो डिआइडी लिटल मास्टरको बिजेता नेपाली चेली तेरीया फौजा मगर अहिले बिदेशी भूमिमा हुने बिभिन्न साँस्कृतिक कार्यक्रममा सहभागी हुने क्रममा आगामी अगष्ट २९ तारिख दुबाई आउने भएकी छिन्। नेपाली आदिवासी जनजाति महासंघ यूएईले डिआइडी लिटल मास्टर ३ की बिजेता तेरिया प्रतियोगिताको उत्कृष्ट १० भित्र परेदेखि नै महासंघले भोटिङ अभियान चलाएको थियो। उनी उत्कृष्ट ५ मा पर्ने बितिकै महासंघले तेरियालाई युएई ल्याउने बिभिन्न सामाजिक सन्जालमा घोषणा गरे अनुसार नै अगष्ट २९ तारिख ल्याउन लागेको महासंघले बताएको छ। विश्व आदिवासी दिवस २०१४ को अबसरमा अगष्ट २९ तारिख बरदुबईको शेख राशिद अडिटोरीयममा आयोजना गरिने नेपाली साँस्कृतिक कार्यक्रममा डिआइडी लिटल मास्टर ३ की बिजेता तेरिया फौजा मगरले दुबाई हल्लाउने छिन्। उनका साथमा नोभेम्बर रेनकी नायिका छुल्थिम डोल्मा गुरुङले पनि आफ्नो प्रस्तुती प्रर्दशन गर्ने बताएको छ। स्थानीय कलाकारहरु साथै युएइमा राहेका बिभिन्न आधिबासी जनजातिहरुको साँस्कृतिक झाँक्री पनि प्रदशन गर्न लागिएको कार्यक्रममा सहभागी हुन नेपाली आदिवासी जनजाती महासंघको केन्द्रीय अध्यक्ष नरेन्द्र प्रसाद कुमाल आउने सम्मेलनमा बताइएको छ। यसै कार्यक्रममाको सेरोफेरोमा संचारकर्मी त्रिलोचन कोइरालाले नेपाल आदिवासी जनजाति महासंघ, युएईका अध्यक्ष डी आर गुरुङसंग गरेको कुराकानीको सारांश।

अगष्ट २९ तारिख गर्ने भनिएको कार्यक्रमको तयारी कहाँ पुग्यो?
कार्यक्रमको आधारभूत कुराहरु कलाकारहरु र हल बुकिङ् सकिएको छ अनि दुबईको कानुन अनुसार पर्फर्मर अप्रुभल लिने काम भै रहेको छ। साथमा गत २५ जुलाई शुक्रबारको दिन पत्रकार सम्मेलन मार्फत विधिवत रुपमा प्रचार प्रसार पनि शुरु भएको छ।

यस कार्यक्रम अलिक बढी महात्वाकाँक्षी भएको जस्तो लाग्दैन ?
युएईमा रोजगार तथा व्यापार व्यवशाय गरेर बस्ने अन्य १०० भन्दा बढी देशका विदेशी नागरिकहरुको समुदायले गर्ने कार्यक्रमको तुलनामा हामी नेपाली समुदायले पनि यत्तिको स्तरको कार्यक्रम गर्नु पर्ने वाध्यात्मक अवस्था आई सकेकोले महत्वकांक्षी भन्दा पनि अपरिहार्य भने राम्रो हुन्छ त्रिलोचन जी। ३ लाख नेपालीहरु रहने युएईमा यो स्तर को कार्यक्रमका सफल हुन्छ र हुनु पर्छ भन्ने हाम्रो बुझाई र विश्वास पनि हो।

यस कार्याक्रमको अप्रुबल प्रोशेसलाई कसले हेर्दै छ? के के गर्न पर्दो रहेछ त?
यो कार्यक्रमको अप्रुभल गर्ने काम साई इभेन्ट म्यनाज्मेंट भन्ने कम्पनिले गर्दै छ र वहाहरुसंगको सेवा शुल्क भुक्तानसहित सम्झौता पनि सकिएको छ। गर्नु पर्ने कुराहरु भनेको आवश्यक दस्तुर तिरेर Dubai Department या Tourism and Commerce Marketing बाट कलाकारहरुको अप्रुभल र टिकेट स्टाम्पिंग नै प्रमुख हो।

भारतीय च्यानलले आयोजना गरेको कार्यक्रमबाट उत्कृष्ट भएकी तेरिया सहभागी हुने कार्यक्रममा पकै भारतीय नागरिकको पनि सहाभागिता होला कुनै भारतीय कमिटि संघ यस कार्यक्रमको लागि सहकार्य छ?
अथितिको रुपमा भारतीय संघ संस्थाका पदाधिकारीहरु निमन्त्रण गर्ने र भारतीय दर्शकहरुलाई आकर्षित गर्ने लक्ष्य छ तर यो कार्यक्रम गर्न सहकार्य नै भएको चाहिँ छैन।

यो प्रवाशमा यति धेरै रकमको कार्यक्रम गर्दा यसबाट नेपालीहरुले पाउने जस चै के त?
सबै भन्दा पहिले त युएईमा रहने सम्पूर्ण नेपालीहरुको मान र प्रतिष्ठा उच्च बनाउन सकिन्छ कि भन्ने हाम्रो प्रयास हो। मैले माथि नै भने जस्तै हामी धेरै पछि परेका छौं। दोस्रो भनेको सम्पूर्ण नेपालीहरुको मान प्रतिष्ठा र इज्जतलाई उच्च बनाउन सफल नेपालीकी शान हाम्री चेली तेरिया फौजा मगरलाई यहाँ रहनु भएका नेपालीहरुले पनि प्रत्यक्ष रुपमा भेट्न पाए हुन्थ्यो भन्ने चाहना राखेका छन् त्यसलाई पुरा गर्ने पनि हो। साथै नेपाल आदिवासी जनजाति महासंघ युएईले मनाउदै आएको विश्व आदिवासी दिवस मनाउने उद्देश्य पनि हो। त्यसै समयमा नेपाली हिन्दु नारीहरुको हरितालिका तीज पनि परेको छ त्यो पनि यसै कार्यक्रम मार्फत शुभकामना आदान प्रदान हुन सक्छ। तसर्थ यस कार्यक्रम मार्फत युएईबासी नेपालीहरुले धेरै कुरा पाउछन् भन्ने हाम्रो आशा छ।

तेरियाको साथमा आउने जम्बो टोलि साथमा युएइमा नै रहने कलाकार साथै महासंघमा रहने सबै जातीय सस्थाका कलाकारहरुलाई ब्यबस्थापन गर्न पक्कै कठिन होला ब्यबस्थापन योजना के कस्तो बनाउनु भएको छ?
उहाँहरुको बसाईलाई व्यबस्थापन गर्नु भनेको दोहोरो हवाई टिकट, भिसा, बसाई, खानपिन, यातायात, घुमफिर, संचार आदि नै हो जसको निम्ति साथीहरुले जिम्मा लिएर काम शुरु गरि सक्नु भएको छ।

यति धेरै रकमको युएइमा सम्भवत पहिलो कार्यक्रम यसलाई सफल बनाउन आर्थिक श्रोत के के हुन त?
हाम्रो आथिर्क श्रोत भनेको टिकट विक्री र प्रायोजन नै हो। साथै नेपालबाट पनि केही प्रायोजक अथितिहरु आउनु हुने तय भएको छ।

ठिक छ कार्यक्रम सफल रहला तपाईले भने जस्तो कार्यक्रममा हामी मुनाफा पनि गर्छौ भन्नु भयो। त्यस मुनाफा रकमलाई के गर्ने योजना छ?
मुनाफा गर्यो भन्दा पनि भएको मुनाफा कहाँ प्रयोग हुन्छ भन्ने कुरा हो। नेपाल आदिवासी जनजाती महासंघ युएई एउटा सामाजिक संस्था भएकोले यदि केहि मुनाफा भएको खण्डमा सतप्रतिशत सामाजिक काममा नै प्रयोग हुनेछ। यो रकम कुनै न कुनै रुपमा कम्युनिटीलाई नै ब्याक हुनेछ।

तेरिया मगरलाई जी टिभीले तीन वर्षको सम्झौता गरेको छ। त्यस सम्झौता अनुसार उनलाई कार्यक्रममा ल्याउन के के प्रकिया पुरा गर्नु पर्दोरहेछ?
त्यत्रो केहि प्रक्रिया पुर्याउन पर्दैन। यो कार्यक्रम हामी व्यबस्थापन गर्न सक्छौं भन्ने विश्वस्त दिलाउने र जी टिभीलाई मागेको रकम पहिल्यै भुक्तान गरी दोहोरो सम्झौतामा हस्ताक्षर गर्ने मात्रै हो।

अन्त्यमा यस पत्रिका मार्फत पाठकलाई यस कार्याक्रमको बारेमा थप केही जानकारी दिनु हुन्छ ?
लाखौंको संख्यामा नेपालीहरु युएईमा रहने भएता पनि अन्तराष्ट्रिय स्तरको एउटा पनि कार्यक्रम हुन नसकेको अवशस्था हाम्री प्यारी चेली तेरिया फौजा मगरले हाम्रो शानलाई उच्च पारेको यो अवसर पारेर हामीले यो कार्यक्रम आयोजना गरेका छौ। जसरी सबै नेपालीहरुले एक जुट भै उहालाई जिताएका थियौ। त्यसरी नै उहाँलाई युएईमा एक जुट भएर भव्य स्वागत गरौं, सम्मान गरौं र लाखौं प्रतिस्पर्धीहरुलाई उछिन्न सफल उहाँको कला र प्रतिभा प्रत्यक्ष हेरौं भन्न चाहन्छु। साथै अन्य अथिति कालाकार नायिका छुल्थिम डोल्मा गुरुङको कला हेरेर पनि यहाँहरुले भरपूर मनोरञ्जन लिन सक्नु हुनेछ। बौद्धिक खुराकको आशा गर्नु हुने मित्रहरुको निम्ति पनि आदरणीय केन्दीय अध्यक्ष नगेन्द्र प्रसाद कुमाल आउनु हुनेछ। स्थानीय कलाकारहरुबाट आफ्नो कला प्रस्तुत हुने साथै आफ्नो संस्कृति प्रेमीहरुको लागि संस्कृतिक झाँकीहरु पनि प्रस्तुत हुने भएकोले यो कार्यक्रम सम्पूर्ण नेपालीहरुको निम्ति नहेरी र नसुनी नहुने कार्यक्रमको रुपमा हामी प्रस्तुत गर्दैछौं। अवश्य आउनु होला भन्न चाहन्छु।

तेरियाका भिडियोहरु हेर्न यहाँ जानुहोस्





Comments

comments

715