कोरियाबाट भूकम्पपीडितलाई साढे ३ लाख बराबरको राहत वितरण

सुरज गुरुङ / एचकेनेपाल डट कम –
नेपालमा बैशाख १२ र २९ गतेका दिन देशको विभिन्न स्थानमा केन्द्रबिन्दु बनाएर गएको बिनाशकारी भूकम्पका कारण क्षतिग्रस्त विभिन्न क्षेत्रमा तनहूँ सम्पर्क समिति कोरियाले राहत स्वरूप त्रिपाल, खाद्यन्नलागायत विभिन्न शैक्षिक क्षेत्र निर्माणका लागि सहयोग पुर्याएको छ।

समितिले २०१५ मे १० तारिख “भूकम्प पीडित सहयोगार्थ” नामक दोस्रो भानुभक्त स्मृति भलिबल प्रतियोगिता सम्पन्न गरि उक्त कार्यक्रमबाट हुन आएको मुनाफा र विभिन्न सहयोगी हातहरुद्वारा संकलन हुन आएको मुनाफा र विभिन्न सहयोगी हातहरुद्वारा संकलन हुन आएको रकम (भिमाद युथ क्लब को सहकार्यमा रु १००,००० बराबरको खाद्यन्न, रेडियो ढोरबराही संगको सहकार्यमा रु ५५,००० सहित त्रिपाल बितरण, गोर्खाको श्री चण्डिका स्कुलमा निर्माणका लागि रु १००,००० बराबरको दुई कोठा भएको ट्रस उपलब्ध, दिनेश पराजुलिको सक्रियतामा सिन्धुपाल्चोकको साँगाचोकको पीडितहरुको लागि रु ५०,००० बराबरको राहत उपलब्ध, तनहुँको भूकम्पमा परि घाइते भएका सन्दिप रानालाई उपचारको लागि रु २५,००० र स्याम्घाको स्कुललाई रु १०,००० गरि जम्मा रु ३,४०,००० बराबरको राहत हस्तान्तरण गरेको छ।

बिगतमा निरन्तर सहयोगी र उद्वार कार्यमा सक्रियता देखाउँदै आएको तनहूँ सम्पर्क समिति कोरियाले अबको दिनमा पनि पिछडिएका क्षेत्रहरुलाई ध्यानमा राखी ओझेलमा परेको शिक्षा पद्धतिलाई बिकाश गर्ने र सम्पूर्ण परोपकारी कार्यहरुमा हातेमालो गर्ने योजना रहेको संस्थाका सचिब सुनिल मल्लले जानकारी दिनुभयो।

यसैगरी प्रवाशी भूमिमा रहेर पनि मातृभूमिप्रति मायाँ ममता देखाई आ- आफ्नो ठाउँबाट सहयोग गर्नुहुने सम्पूर्ण कोरियामा रहनुहुने जनसमुदायप्रति संस्थाका कार्यवाहक अध्यक्ष ललित थापाले आभार व्यक्त गर्नुभएको छ।





Comments

comments

Leave a Reply

7349