नेपाल चलचित्र कलाकार संघको सचिब पदमा सरोज केसी भिड्दै

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौँ: बिगत पन्ध्र बर्षदेखि कलाकारिता क्षेत्रमा लागि परेका सफल अभिनेता/प्रस्तोता सरोज केसीले आगमी भाद्र २३ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको अधिबेसनबाट नयाँ कार्य समितिको लागि सचिब पदमा उम्मेदवारी घोषणा गरेकमा छन्।

झापा तोपगाछीमा जन्मेका अभिनेता केसीले अहिलेसम्म एक दर्जन भन्दा बेशी ठूलो पर्दाका सिनेमाहरुमा लिड भिलेन तथा सपोटिंग नायकको रुपमा जस्तै मायाज बार, दुलही, जब जब माया बस्छ, संसार आफ्नै, तिम्रो लागि, हाम्रो माया जुनी जुनीलाई जस्ता थुप्रै सिनेमाहरुमा काम गरि सकेका सफल अभिनेता केसीले सात वर्ष अगाडिबाट आफ्नो ठूलो पर्दाको करियर नेपाली कथानक चलचित्र बिजयपथ बाट सुरुवात गरेका थिए।

त्यस्तै गरी, सानो पर्दामा परिचय नामक टेली चलचित्रबाट डेब्यु गरेका अभिनेता केसीले डेड दर्जनभन्दा बेसी टेली चलचित्र परिचय, भूमिका संदेश, गुठि जस्ता आदि हिट टेली सिरियलमा नायकको भूमिका निभाई सकेका छन्।

नेपाल चलचित्र कलाकार संघमा बिगत तिन बर्षदेखि कार्यकारी सदस्यको रुपमा कलाकारहरुको हक हितमा काम गर्दै आएका अभिनेता तथा प्रस्तोता केसीले कलाकार संघबाट आयोजित प्राय सबै कार्यक्रमहरु सफलतापूर्बक संचालन पनि गर्दै आएका छन् भने संघका सबै कार्यक्रमहरुमा सक्रिय भूमिका निर्बाहा गर्दै आएका छन्।

यस्तै सक्रियतालाई निरन्तरता दिदै आगामी दिनहरुमा अझ बेशी सक्रियता जनाउदै कलाकारहरुको हक हीत र अधिकारको लागि सधै लागि पर्ने र कलाकार संघलाई सशक्त रुपमा अगाडि बढाउन पहल गर्ने अठोटको साथ आउने कार्यकालको लागि सचिब पदमा उमेद्वारी दिने घोषणा गरेको अभिनेता केसीले बताए।

उमेद्वारी दिनको लागि पनि आफूभन्दा अग्रज कलाकार, पत्रकार, तथा समकालीन साथीहरुसंग सल्लाह सुझाब लिएर अगाडि बढेको र आफूलाई सहयोग गरि बिजय गराई दिनु हुन कलाकारहरु, पत्रकारहरु सबैमा कलाकार केसीले आग्रह गरेका छन्।





Comments

comments

Leave a Reply

7352