कुश्मामा किरा परेको मासु विक्रि

लक्की भवानी / एचकेनेपाल डट कम –
कुश्मा। पर्वत। मासु व्यवसायीहरुले अस्वस्थ, कुहेको र किरा परेको मासु बिक्रि गरेको सदरमुकाम कुश्मामा शुक्रवार आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन्।

दैनिक रुपमा अस्वस्थ्य, बुढा र मरेका राँगा भैसी काट्दा पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला पशुसेवा कार्यालयल लगायत अन्य सरोकारवाला निकाय मौन रहेको कारण मासुका अबैध व्यपारीहरु सक्रिय रहेको आरोपसमेत उक्त कार्यक्रमका सहभागीहरुले लगाए।

उपभोक्त मञ्च नेपाल पर्वतले आयोजना गरेको स्वथ्य एवं गुणस्तरिय मासुको उत्पादन तथा बिक्रि बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले पैसाको लोभमा कतिपय व्यापारीहरुले कुकुरले चाटिरहेको र गुणस्तरहिन देख्दा देख्दै पनि मासु खरिद गरि मःम र सेकुवा बनाई उपभोक्ताहरुलाई गुणस्तरहिन मासु खुवाएको गुनासो समेत गरे।

सहभागीहरुले फ्रेस हाउस संचालन गर्ने व्यपारीहरुले तरकारी, खाद्यान्न, दुग्धजन्य र मदिरा जस्ता सामानहरु पनि एकै ठाउँवाट बेच्ने गर्नाले आम उपभोक्तहरु त्यसको मारमा परेको समेत सहभागीहरुको धराणा थियो। मासुजस्तो चिजलाई निश्चित मापदण्ड पु¥याई दक्षव्यक्तिले मात्रै बिक्रि बितरण गर्नुपर्नेमा परिवारका सम्पूर्ण सदस्यहरुले मासु बेच्ने गरेको उनीहरुको आरोप थियो।

मासुजन्य बस्तुको उत्पादन स्वच्छ एवं गुणस्तरीय भएपनि केहि मासु व्यवसायीको लापरवाही र उपभोक्ता स्वयंको चेतनाको अभावको कारण गुणस्तरहिन तथा अस्वस्थ मासुले बजार पाईरहेको बताउँदै सहभागीहरुले आफुले प्रयोग गर्ने मासु मापडण्ड नअपनाई काटिएको, फोहोर, गुणस्तरहिन भएको देख्दा देख्दै पनि राम्रो पसलमा गएर खरिद गर्न नसक्ने उपभोक्ताको कमजोरीको कारण अबैध मासु व्यपारीहरुको बिगबिगि बढेको समेत आरोप लगाए।

कार्यक्रममा बोल्दै नेपाल कुखुरा बजार व्यवस्थापन संघका केन्द्रीय सदस्य डिल्लीराम शर्माले होटल, रेष्टुरेण््ट लगायत उपभोक्ता स्वयंले रामो र गुणस्तरिय मासुको छनौट गर्न नसक्दा राम्रा फ्रेस हाउसहरु ओझेलमा पदै गएको वताए। शर्माले कुखुरा झुण्डाएर र अस्वस्थ्य किसिमवाट ढुवानी गर्ने, मासु काटेर फ्रिजमा नराखी बाहिरै राख्ने जस्ता कारणले स्वस्थ मासुलाई पनि गुणस्तरहिन बनाउने गरेको आरोप लगाए।

सो अवसरमा उद्योग बाणिज्य संघका कोषाध्यक्ष चन्द्रबहादुर खत्रीले सदरमुकाम कुश्मा बजारका अधिकांश मासु पसलहरु दुर्गन्धित रहेको बताए। उद्योग बाणिज्य संघको सिफारिसमा स्वच्छ तथा गुणस्तरिय मासु उत्पादन गर्नेलाई पुरस्कृत गर्ने कार्य भएको बताउदै कोषाध्यक्ष खत्रीले उपभोक्तामा नै सचेतना नआएको कारण मासुको गुणस्तरमा सुधार नभएको धारणा राख्नुभयो ।

मासु व्यवसायी संघ पर्वतका अध्यक्ष हिमाल के.सी.ले अचानो र एउटा सानो नाममात्रको प्रिजको भरमा मासुको व्यापार गर्नेलाई सम्वन्धीत निकायले अनुगगमन गरि कारवाही गर्न नसकेको आरोप लगाए। के.सी.ले पैसा तिरेर किनेको मासु स्वच्छ र सफा छैन भने त्यसलाई फिर्ता गर्नुको साथै सम्वन्धीत निकायमा कारवाहीको लागि उजुरी गर्नुपर्ने धारणा समेत राखे।

कार्यक्रममा धौलागिरि डेरी एसोसिएसनका सह–सचिव गोपाल अधिकारी, पर्वत उद्योग बाणिज्य संघका सल्लाहकार गणेश लामिछाने, नारायणबहादुर कुँवर, संघका सदस्य दिपेन्द्र गिरी, विश्व हिन्दु महासंघ धौलागिरि अंचल सदस्य ओमप्रसाद उपाध्याय, पर्वत जेसीजका अध्यक्षीय सल्लाहकार कमलवहादुर जि.सी. लगायतले गुणस्तरिय मासुको उत्पादन तथा बिक्रिको वारेमा वोलेका थिए।





Comments

comments

74