एनआरएन बेलायतको अध्यक्षमा कमल गुरुङको उम्मेदवारी

रोशन मेवाहाङ्ग / एचकेनेपाफ डट कम –
लण्डन। तमुधि युकेका निबर्तमान अध्यक्ष तथा एनआरएन बेलायतका बरिष्ठ सल्लाहकार कमल गुरुङले एनआरएन बेलायतको आगामी सेप्टेम्बरमा हुने छैटौ अधिवेसनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने खुलासा गरेका छन्।

यो संस्था केही महत्वकांक्षीहरुको कारण अत्यन्तै दुर्गन्धित बनि सकेको छ, बिधि र विधानको कुनै हेक्का छैन, सिमित व्यक्तिहरुको मनोपोलिमा चलिराखेको अबस्था छ। यस्तो ब्यक्तिहरुलाई किनारा लगाएर, बिधान सम्मत र विवादरहित चल्ने बनाउनका निमित यो गरिमामय पदमा उम्मेदवारी दिन बाध्य भएको गुरुङले बताए।

आर्थिक अनुसन्धानका संयोजक कमल गुरुङ भन्छन, गैरआवसीय नेपालीहरुको यो संस्थामा अन्य कारणहरुको अतिरिक्त आर्थिक अनियमिताको कारण एनआरएन बेलायत विवादको भुङरोमा फसिएको र आर्थिक हिसाबकिताब स्पष्ट पारदर्शी नभएको २१ फेब्रुवरीको विषेश साधारण सभाबाट स्पष्ट भएको छ।

एनआरएन बेलायतभित्र आर्थिक पारादर्शिता अहिलेसम्म हुन नसक्दा एकाउण्ट फ्रिज गर्न बाध्य भएको संयोजक गुरुङ बताउछन्। कोठे बैठक, गुट तथा उपगुटबन्दीहरुको अन्त्य गरी नेपाली समुदायलाई फुट्नमा हैन जुट्नमा एक हुनु पर्छ भन्ने नेपाली मन र नेपाली सोच राखेर मैले उम्मेदवार हुने निर्णय गरेको हुँ। एनआरएन बेलायतको बादविवादलाई अन्त्य गर्न र आफूलाई पनि विभाजित समाजलाई एकतावद्ध बनाउनुपर्छ भन्ने लागेकाले उम्मेदवारी घोषणा गरेको उनले बताए।

तमुधि युकेमा आवद्ध रहि संस्थालाई विवादरहित तरिकाले चलाएको अनुभवका आधारमा एनआरएन बेलायतका लागि आफू उपयुक्त उम्मेदवार भएको उनले दाबी गदै एनआरएन बेलायतलाई विधि र विधान बुझेको नेतृत्व जरुरी परेको गुरुङले बताए।

आफ्नो प्रमुख एजेन्डा बेलायतमा रहेका युवाहरुको ज्ञान र शिपलाई नेपालमा पुर्याई नेपालका युवाहरुलाई सो ज्ञान र शिपमा समृद्ध बनाई देशलाई ठूलो सहयोग पुर्याउने गुरुङले जनाए। यो गरिमामय अध्यक्षको पदमा रहेर संगठनलाई सहि मार्गदिशामा हाक्ने ईच्छाशक्ति भएकोले उक्त पदमा दाखिला गरेको जानकारी अवगत गराउदै र अमूल्य मतको अपेक्षा राख्दै, हरेक विषयमा पारदर्शिता र सकारात्मक सोचको प्रत्याभूति दिलाउन कमल गुरुङलको उम्मेदवारीता एनआरएन बेलायतको अहिलेको आवाश्यकता हो भन्ने उनले दाबी गरे।





Comments

comments

Leave a Reply

7475