दुई युवती मिलेर पुरुषको यौन शोषण गरेपछि…

नयाँ दिल्ली, महिलामाथि यौन शोषण भएको घटना सधैँ सुनिँदै आएको हो। पुरुषमाथि महिलाले यौन शोषण गरेका घटनाहरु युरोप अमेरिकामा फाट्टफुट्ट सुनिन्छन्।

दक्षिण एशियाली देशहरु यस्ता घटना निकै कम सुनिने गर्छ। तर भारतीय राजधानी नयाँ दिल्लीमा दुई केटीले एक पुरुषको शोषण प्रयास गरेको घटना सार्वजनिक भएको छ।


चालक (बाया) र युवती (दाया)

घटना विवरणअनुसार दुई युवतीले अटो ड्राइभरको यौन शोषण प्रयास गरेका हुन्। केटीहरुको हर्कतबाट जोगिन उनले घरबाट हाम्फाल्नु फाले र दुवै घुट्टा भाँचिए। आरोपीमध्ये एक केटीलाई प्रहरीले पक्राउ गरेको छ। अर्की एक फरार छिन्। नागरिक दैनिकमा समाचार छ।

घटना गत मंगलबारको हो। पीडित अटो चालकका अनुसार इग्नु रेडमा एक केटीले सफदरगञ्ज जान अटोमा चढिन्। साकेत पुगेपछि उनले सामान खरिद गर्न ३०० रुपैयाँ मागिन्। करिब १२ः३० ती युवतीले भाडा दिने बाहनामा चालकलाई घरभित्रै बोलाइन्। कोठा बन्द गरेर आफू मदिरा पिउन थालिन् र चालकलाई पनि पिउन आग्रह गरिन्।

केही बेरपछि ती युवतीकी अर्की साथी आइन्, जो ताञ्जनियाकी थिइन्। अटो चालकको बयानअनुसार त्यसपछि दुवैले उनको कपडा फुकाले अनि जबरजस्ती गर्ने प्रयास गरे। बिरोध गरेपछि दुवैले भिडियो खिच्न थाले। यही मौकामा आफूलाई बचाउन उनले झ्याल फुकाले घरमाथिबाट हाम्फाले।

घाइते चालकले प्रहरीलाई फोन गरे। प्रहरीले आरोपी युवतीलाई पक्राउ गरेको छ। ताञ्जनियामूलकी अर्की युवती भने फरार छिन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7555