प्रचण्ड बसेको मञ्चमा ढुंगामुढाको वर्षा

सिराहा–एमाओवादी अध्यक्ष एवं सिराहा क्षेत्र नम्बर– का सभासद पुष्पकमल दाहाल सोमबार संविधानको मस्यौदाको सुझाव संकलन गर्न आफ्नो निर्वाचन क्षेत्र आउने कार्यक्रम थियो। मिर्चैयास्थित मोहन उच्चमाविमा सुझाव संकलनको कार्यक्रम राखिएको थियो।

अध्यक्ष दाहाल हेलिकोप्टरबाट सिधै मोहन उच्चमावि आउने कार्यक्रम थियो। तर दाहाल आउने थाहा पाएका आन्दोलनरत दलले संघीय समाजवादी फोरम नेपालका सभासद वीरेन्द्र महतोको संयोजकत्वमा एउटा कमिटी नै गठन गरेका थिए। नागरिक दैनिकमा मिथिलेश यादवको समाचार छ, उनीहरुले दाहाल आउनुपूर्व हेलिकोप्टर ल्याण्ड गर्ने ठाउँमा टायर बाल्न सुरु गरिहाले।

सो कुरा जानकारी पाएका दाहाल दाहानमा हेलिकोप्टर ल्याण्ड गरेर दाहालबाट मिर्चैया गाडीमा आएका थिए। दाहाल आउने वित्तिकै आन्दोलरत दलले कालोझण्डा देखाउन सुरु गरे। सुरुमा कालोझण्डा देखाएका आन्दोलनरत दलले दाहाल मञ्चमा बढ्ने वित्तिकै ढुंगा मुडा वर्षाउन थाले।

संविधानको मस्यौदामा सुझाव दिन आएका सर्वसाधारण आतंकित हुने गरी आन्दोलनरत दलले विरोध गरेपछि प्रहरीले हस्तक्षेप गर्यो। दुईतर्फी झडपमा डिएसपी माधव बुढाथोकीसहित सात प्रहरी घाइते भएको एसपी रामत्रिपाल साहले जानकारी दिए। विरोधी दलका कार्यकर्ताले मञ्चमा ढुंगामुढा वर्षाउन थालेपछि दाहाललाई प्रहरीले सुरक्षा ‘कवच’मा राखेको थियो। विरोधीले आक्रमण गर्न नछोडेपछि दिनभरीको कार्यक्रम लिएर आएका दाहाल करिब आधाघण्टा भाषण गरेर काठमाडौं फर्किए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7614