यसरी रोल पाइन् यि बालकलाकारले ‘बजरंगी भाइजान’ मा

एजेन्सी/ बजरंगी भाइजानकी मुन्नी अर्थात् हर्षाली मल्होत्रा अहिले निकै चर्चित छिन्। सलमान खान स्टारर फिल्ममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी बालकलाकार हर्षालीलाई भविष्यकी सुपरस्टारका रूपमा हेर्न थालिएको छ।

पहिलो फिल्ममै सलमानजस्ता स्टारसँग अभिनय गरेकी सात वर्षीया हर्षाली भविष्यमा भने करिना कपुर र कैट्रिना कैफझैँ चर्चित हिरोइन बन्न चाहन्छिन्। उनी बजरंगी भाइजानका कास्टिङ डाइरेक्टर मुकेश छावडामार्फत यस फिल्ममा प्रवेश गरेकी हुन् । आमा काजल र कास्टिङ डाइरेक्टर छावडाबीच चिनजान थियो । छावडाले बजरंगी भाइजानका लागि तगडा अभिनय गर्ने बच्ची चाहिएको बताएका थिए । सोहीअनुसार काजल छोरी हर्षाली लिएर उनीहरूलाई भेट्न गइन्। छावडा हर्षालीको अभिनय र बडी ल्यांग्वेज चेक गर्न चाहन्थे।

केही समयपछि आफूलाई फोन आएको र यसपाली भने सलमानले नै भेट्न खोजेको हर्षालीकी आमा काजलले बताएकी छिन् । ‘अडिसन दिएको केही दिनपछि मलाई फोन आयो । म त्यतिवेला चकित परेँ, जतिवेला यो सबै प्रोसेस सलमान खान स्टारर फिल्मका लागि रहेछ,’ काजल भन्छिन्, ‘यसपाली सलमानसँग भेट भयो । हर्षालीले सलमानलाई आफूझैँ ठूलो स्टार बनाइदिन अनुरोध गरिन्। सबैले हर्षालीको पर्फरमेन्स निकै मन पराए। त्यही दिन बजरंगी भाइजानमा हर्षाली पक्का भइन्।’ नयाँ पत्रिकामा समाचार छ।

बजरंगी भाइजानमा अभिनय गर्नुअघि नै हर्षाली चर्चामा थिइन्। उनकी आमा काजलका अनुसार सपिङ गर्न गएका वेलामा एउटा मलमा बालबच्चाको फोटोसेसन अभियान चलिरहेको थियो। त्यहाँ हर्षालीले पोज दिइन्। उनको सो पोजले उनलाई त्यहाँ अवार्ड दिलाएको थियो। त्यसपछि उनलाई केही टिभी विज्ञापन, टिभी सोहरूबाट अफर आएको थियो। उनले केहीमा काम पनि गरिन् । सावधान इन्डिया, कबुल हे, लौट आयो तृषालगायतका सिरियलका केही एपिसोडमा पनि उनले अभिनय गरेकी छिन्।

तर, अहिले बजरंगी भाइजानले उनलाई चर्चाको शिखरमा पुर्‍याएको छ। फिल्ममा उनले गरेको अबोध अभिनयले कतिको आँखा रसाउँछ। पहिलोचोटि सलमानलाई भेट्दा लजाएकी हर्षाली बजरंगी भाइजानको पहिलो दिनको सुटिङमै सलमान र निर्देशक कबिर खानसँग निकै घुलमिल भएकी थिइन्।





Comments

comments

Leave a Reply

7636