प्रेमिकासँगको ‘सेक्स भिडियो’ फेसबुकमा राख्ने रोकाया पक्राउ

हुम्ला सिमिकोटका गमान रोकाया पढ्न र ट्रेकिङ व्यवसाय गर्न एक वर्षअघि काठमाडौं आए। रोकायासँगै हुम्लाबाटै एक किशोरी पढ्नका लागि काठमाडौं आइन् । चार्टर एकाउन्ट (सिए) गरिसकेका रोकाया र ती किशोरीबीच प्रेमसम्बन्ध थियो।

उनीहरु एक वर्षसम्म कलंकीमा लिभिङ टुगेदरका रुपमा सँगै बसे। रोकायाले ती किशोरीलाई थाहै नदिई आफूहरुबीच भएको यौनसम्पर्कको भिडियो मोबाइलमा खिचे । ती किशोरलिे आफ्नो फेसबुकको पासवर्ड पनि रोकायालाई दिएकी थिइन्।

तर, रोकाया विवाहित भएको थाहा पाएपछि उनी र ती किशोरबीच खटपट सुरु भयो। रोकायाले आफूलाई ढाँटेर विवाह गर्ने आश्वासन दिएर शारीरिक सम्पर्क गरेको भन्दै ती किशोरीले प्रहरीमा उजुरी दिने निधो गरिन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ, आफू र किशोरीबीचको ‘सेक्स भिडियो’ मोबाइलमा खिचिसकेका रोकायाले फेसबुकमा उक्त भिडियो राखिदिने धमकी दिन थाले।

पछि रोकायाले किशोरीकै फेसबुक वालमा अश्लिल भिडियो अपलोड गरिदिए। अश्लिल भिडियो फेसबुकमा देखेपछि ती किशोरीलाई आफन्त र साथीहरुबाट लगातार फोन आउन थाल्यो । अश्लिल भिडियो फेसबुकमा राखिदिएपछि किशोरीले रोकायाविरुद्व महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा उजुरी दिइन् । महाशाखाले हुम्ला सिमिकोट पुगेर रोकायालाई पक्राउ गरी काठमाडौं ल्यायो। उजुरीअनुसार रोकायाले पटक–पटक यौन सम्बन्धका लागि धम्की दिँदै आएका थिए।





Comments

comments

Leave a Reply

7671