एयरपोर्टका प्रहरी नै चोर!

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कार्यरत दुई प्रहरीले यात्रुको सामान चोरी गरेका छन्।

हङकङको ड्रागन एयरबाट कार्गो भइ आएको ल्यापटप लगायत सामान चोरी गर्ने प्रहरी जवानद्धय निर्मल शाह र प्रेमप्रसाद जोशी हुन्। उनीहरुले साउन ३ मध्यराति आएको जहाजबाट डेल कम्पनीको ल्यापटप चोरी गरेका थिए।

राती सवा १२ बजे कार्गोको एप्रोन एरियामा खटिएका उनीहरुले ल्यापटप भएको कार्टुन च्यातिएको देखेपछि त्यहींबाटै चोरेका थिए। कान्तिपुर दैनिकमा समाचार छ। उनीहरुले सामान चोरी गरेको दृष्य सीसीटिभी फुटेजमा देखिएपछि बिमानस्थल प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनीहरु बिरुद्ध ड्रागन एयरका एयर सर्भिस ब्यवस्थापन सुमन तुलाधरले जाहेरी दिएका छन्। अभियुक्त प्रहरी जवानद्धयलाई चोरी मुद्दा लगाई महानगरीय प्रहरी परिसर टेकुको हिरासत कक्षमा राखिएको छ।





Comments

comments

Leave a Reply

7751