युनिटीका क्षेत्री दाजुभाइ नक्खु कारागारमा

काठमाडौं- युनिटी इन्टरनेसनलको आवरणमा सर्वसाधारणको अर्बौं ठगी अभियोगमा पक्राउ विष्णु क्षेत्री र कृष्ण क्षेत्री नक्खु कारागार पुगेका छन्। ४ वर्षदेखि फरार रहेका दुवै दाजुभाइलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी अदालतमा बुझाएपछि आइतबार उनीहरूलाई नक्खु पठाइएको हो।

सर्वसाधारणलाई प्रलोभनमा पारी ३ अर्ब ७९ लाख ठगी गरेको ठहर गर्दै जिल्ला अदालत ललितपुरले उनीहरूलाई ३ वर्ष कैद र जनही १ करोड ६ लाख रुपैयाँ असुलउपर गर्ने फैसला गरेको थियो। प्रहरीले २०६७ मा नै कारबाही सुरु गरे पनि फरार रहेका क्षत्री दाजुभाइ भारतमा लुकेर बसेकाले अदालतको फैसला कार्यान्वयन हुन सकेको थिएन।

क्षत्री दाजुभाइले अदालतबाट तोकिएको जरिवाना नबुझाएको र फैसला कार्यान्वयनका लागि दुवैलाई नक्खु कारागार पठाइएको जिल्ला अदालत ललितपुरका स्रेस्तेदार बाबुराम दाहालले जानकारी दिए। उनीहरूले जरिवाना वापतको रकम नतिरे अदालतले तोकेको ३ वर्षमा थप ४ वर्ष कैद थपिने छ। नागरिक दैनिकमा समाचार छ।

२०६२ मा उद्योग वाणिज्य विभाग र कम्पनि रजिस्ट्रारको कार्यालयमा युनिटी लाइफ इन्टरनेसनल र २०६४ मा उस्तै नामको एस्योरेन्स युनिटी इन्टरनेसनल दर्ता गरी क्षत्री दाजुभाइले प्रसाद भनिने काशी गुरुङसँग मिलेर पिरामिड शैलीको अवैध कारोबार सुरु गरेका थिए।

प्रारम्भमा १५ हजार रुपैयाँ तिरेवापत सदस्य बन्न सकिने र सदस्यले नयाँ सदस्य बनाएवापत निश्चित प्रतिशत आर्थिक लाभ पाइने स्किम ल्याएर रकम संकलन गरेका उनीहरूले त्यसकै आवरणमा अनुमति नलिई बैंकिङ, बिमा र स्वास्थ्य संस्था चलाउनुका साथै ३ लाख ६६ हजार ३ सय ४२ जना सर्वसाधारणबाट रकम ठगेको खुलेलगत्तै प्रशासन कारबाहीमा उत्रिएको थियो। युनिटीविरुद्ध कारबाही सुरु हुनासाथै गुरुङसहित क्षत्री दाजुभाइ भागेर भारतमा लुकेर बसेका थिए।

३ वर्षअघि गुरुङलाई सिक्किमबाट नियन्त्रणमा लिई काठमाडौं ल्याइएको थियो। महाशाखाले क्षत्री दाजुभाइलाई भारतकै सिमलाबाट नियन्त्रणमा लिएर शुक्रबार नेपाल ल्याएको थियो।


भिडियो हेर्नुहोस्

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7782