गीतकार एवं शिक्षिका ज्योती पौडेलद्वारा पर्वतका ४ बिद्यालयलाई नगद सहयोग

आलोक शर्मा / एचकेनेपाल डट कम –
जेठ १२ र २९ गतेको बिनासकारी भूकम्पको कारण क्षति पुगेका पर्वत जिल्लाका ४ बटा बिद्यालयलाई पुन निर्माण तथा मर्मत सम्भारको लागि ३ लाख ५० हजार नगद सहयोग गरिएको छ।

पर्वत जिल्लाको कटुवाचौपारी घर भई हाल अमेरीकाको न्युयोर्कस्थित एक बिद्यालयमा अध्यापन गराउँदै आएकी राष्ट्रकबि माधवप्रसाद घिमिरेकी छोरी ज्योती पौडेलले न्युयोर्कस्थित संयुक्त रााष्ट्रसंघको कार्यालयमा कार्यरत आफ्ना श्रीमान् बद्री पौडेल, परिवारका सदस्य र साथीभाईहरुसँगवाट समेत संकलन गरेको उक्त रकम बिद्यालयलाई उपलव्ध गराएकी हुन्।

पौडेलले जिल्लाको कार्कीनेटा गाविसमा रहेको अन्नपूर्ण उच्च मा.वि., शंकरपोखरी गाविसमा रहेको जनसहयोगी मा.वि., पिपलटारीको थुममा रहेको जनक मा.वि. र कटुपाचौपारीमा रहेको सार्वजानीक मा.वि.लाई नगद सहयोग गरेकी हुन्। आमा गीतिकाव्य, प्रभाग एल्वम र मन त मेरो स्वदेशमै लगायत थुप्रै एल्वमकी गीतकार समेत रहेकी ज्योती पौडेलले रकम हस्तान्तरणको लागि आयोजना गरिएको छुट्टाछुट्टै कार्यक्रममा बोल्दै भूकम्पको कारण देश रोईरहँदा मन थाम्न नसकेर आफू र आफन्तवाट रकम संकलन गरेको बताईन्। उक्त रकम स्वयं उपस्थित भएर भूकम्प प्रभावित बिद्यालयलाई बितरण गर्नपाउँदा आफू निकै खुसी समेत भएको जानकारी दिदै पौडेलले बिद्यालयको पुनर्निमाणको साथै शैक्षिक बिकासको लागि समेत आफूले थप पहल गर्ने प्रतिबद्धता समेत जनाइन्।

कार्यक्रममा वोल्दै समाजसेबी एवं उक्त राहत कार्यक्रमका संयोजक प्रधुम्न शर्मा पौडेलले विभिन्न संघ संस्था तथा दलहरुले राहतको नाममा बिभिन्न अनावत्यक र गुणस्तरहिन सामान दिएर सामान दिएर पीडितलाई आहत दिएको बताउँदै आफूहरुले दिएको नगद बिद्यालयले आवाश्यकता अनुसार खर्च गर्न सक्ने बताए। सो अवसरमा उक्त राहत बितरणको संयोजनको भूमिका निर्वाह गरेका संगीतकार एवं गीतकार आलोक शर्मा र स्थानीय पत्रकार एवं समाजसेबी भवानीप्रसाद शर्मा समेतको उपस्थिती रहेको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7791