अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली कलाकारहरुले तहल्का मच्चाउने

क्यालिफोर्निया प्रतिनिधि। फेस्टिबल अफ ग्लोब (फग)को आयोजनामा सान फ्रान्सिस्को तथा सिलिकन भ्यालीमा भव्य रुपमा सम्पन्न भई रहेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली कलाकारहरुको सम्मानजनक सहभागिता भैइरहेको समाचार छ।

आयोजक समूहमा एक नेपालीका छोरा प्रकाश थापा ग्लोबल लिडर नियुक्त भएकोले नै ईतिहासमा पहिलो पटक नेपाली कलाकारको विश्व बिख्यात हलिउड र बलिउडका चलचित्र र कलाकारहरुमाझ सम्मानपूर्ण सहभागिता भएको पर्यवेक्षकहरुले बताएका छन्।

फग अवार्ड १०० भन्दा धेरै बिजयीहरुको छनोट गरिने एक महत्वपूर्ण महोत्सव हो। यो महोत्सवमा हलिउड, बलिउड, युरोपियन, ल्याटिनो जगत, चाइना र सुदूरपूर्वी देशहरुलगायत ३० भन्दा धेरै देशहरुका चलचित्र र कलाकारहरुको सहभागिता हुने ग्लोबल लिडर प्रकाश थापाले बताए। सो समयमा चलचित्र प्रदर्शन, अन्तर्राष्ट्रिय सास्कृतिक कार्यक्रम, फेसन सो, संगीत, हस्यौलीलगायत मनोरन्जन्को माध्यमबाट सहभागी दर्शकहरुलाई भरपूर आनन्द दिईरहेको बताइन्छ।

महोत्सवको सर्बाधिक आकर्षण शनिबार अगस्त १५, २०१५ का दिन हुनेछ। महोत्सवमा छनोट भएका चलचित्र र कलाकारहरुलाई सो बेला अवार्ड दिइनेछ। कलिउड र हलिउडमा आफ्नो राम्रो छाप छोड्न सफल बरिष्ठ कलाकार सुनिल थापा सो अवसरमा लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित हुनेछन्। सो अवसरमा कलिउड स्टार केकी अधिकारी र नन्दिता केसीको नेतृत्वमा एक उत्कृष्ट नेपाली नृत्य प्रस्तुत हुँदैछ।

बे एरियाकी चर्चित नृत्याङ्गना तथा समाजसेवी बिन्दु सापकोटाले सँयोजन गरिरहेको सो साँस्कृतिक नृत्यको कोरिओग्राफी सुप्रशिद्ध कोरियोग्राफर शंकर बिसीले गरिरहनु भएको छ। सो नृत्यमा केकी अधीकारी र नन्दिता केसीलगायत यस क्षेत्रका उत्कृष्ट नृत्याङ्गना भबिशा फुयाल, अश्मिता फुयाल, एलिजा पनेरु, कूश्मा खरेल, प्रोनिशा पन्त, पामेला भट्ट नओमि भट्ट ऐश्वर्य भुसाल, निला शाही, प्रार्थना कार्की, प्रिया निरौला , प्रितम निरौला, रूश्मा खरेल अजेलिआ फुयाल, अलिशा गिरिले आफ्नो कला देखाइरहेका छन्। सो अभूतपूर्व कार्यक्रममा उल्लेख्य नेपालीहरुको उपस्थिति हुने अनुमान गरिएको छ।





Comments

comments

Leave a Reply

7802