अखण्ड आन्दोलनमा ज्यान गुमाएका ३ जनाको दाहसंस्कार गरिदै

सुर्खेत, अखण्ड सुदूरपश्चिमको माग गर्दै भएको प्रदर्शनमा मृत्यु भएका ३ जनाको आज दाहसंस्कार गरिने भएको छ। प्रहरीको गोली प्रहारबाट दुई जनाको र भागदौडमा एक जनाको मृत्यु भएको थियो।

दल र आफन्तवीच क्षेत्रीय उद्योग बाणिज्य संघको नेतृत्वमा गठन भएको नागरिक संर्घष समितिमा मृतकका आफन्तलाई सहभागी गराउने, मृतकलाई शहीद घोषणा गर्ने, घटनाको निश्पक्ष छानविन गर्ने लगायतका सहमतिपछि मृतकका आफन्तहरु शव बुझ्न र दाहसंस्कार गर्न सहमत भएका हुन्।

प्रहरीको गोलीबाट साउन २५ गते वीरेन्द्रनगर नगरपालिका–४ का भैरवस्थानका टीकाराम गौतम र वीरेन्द्रनगर नगरपालिका–८ का यामबहादुर बिसीको मृत्यु भएको थियो। त्यसैगरी, वीरेन्द्रनगर नगरपालिका–३ का ६६ वर्षीय गोपालसिंह रजवारको भागदौडको क्रममा लडेर ज्यान गएको थियो।

संघीयताले जलेको
सुर्खेतमा ३ जनाको मृत्यु, ८ गम्भीर घाइते
आगजनी र तोडफोड हेर्नुहोस् भिडियो…





Comments

comments

Leave a Reply

7882