अलौकिक ज्ञान शक्तिकी धनि नेपाली माता- सबिता सरु शर्मा आचार्य

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौं, धनकुटा जिल्लामा २७ वर्षअघि ७ महिनामा आमाको कोखबाट जन्मिएर ७ बर्षमा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौंमा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन्।

उनले अहिलेसम्म नेपालका नाम चलेका राजनीतिज्ञदेखि लिएर चर्चित कलाकार, उद्योगपतिहरु र पूर्वराजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायिका रेखा थापालगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी उनि बताउछिन्। उनले हिमानी शाह, माधब नेपाल, शेर बहादुर देउवा तथा नायिका रेखा थापाको योग एकदमै राम्रो रहेको बताउंछिन्।

सर्वसाधारणहरुसमेत गरेर अहिलेसम्म झण्डै १३ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन् भने उनी अहिले देश विदेशमा नेपाली माताजीको नामबाट प्रख्यात छिन्। उनी भन्छिन् भविष्यबाणी हेर्ने मेरो पेशा हो मैले कुनै बिद्या किताब ध्यान गरेको होइन, मलाई स्वतः अलौकिक शक्ति आएको हो मलाई यो सबै शिब भगवान र सरस्वती माताको कृपाले प्राप्त भएको उनी बताउछिन्।

मैले सहजै भन्नु पर्दा म सात महिनामा जन्मेको, सात बर्षको उमेरमै ममाथि अलौकिक शक्ति प्राप्त हुन गयो। मलाई भगवान शिव र सरस्वती माताले ममाथि अलौकिक शक्ति प्रदान गर्नुभयो। जब मैले हेर्न सुरु गर्ने समयमा माता भनेको बुढै मान्छे मात्रै हुन्छ भन्ने पनि पाएँ। तर त्यस्तो होइन। म के भन्छु भने अलौकिक शक्ति कसैलाई जन्मजात हुन्छ, कसैलाई उमेर अनुसार फरक पर्दै जाने हो। अलौकिक शक्ति जो पायो त्यही व्यक्तिले पाउन गाह्रो छ।

नेपाली माता सबिता सरु शर्मा आचार्य भन्छिन् कुनै पनि ज्ञान सकारात्मक सोच र पवित्र मन भयो भने आउने हो। पूर्व जन्ममा मैले राम्रो काम गरेकी रहिछु र यो जन्ममा पनि धार्मिक काम गरेर विभिन्न व्यक्तिहरुसँग भेट भयो उहाँहरुलाई खुसी बनाउन सके अनि आफ्नो ज्ञान बाँड्न सकें।

सबै कुरा अलौकिक शक्तिको कारणले पनि हो। ज्योतिषमा उच्च शिक्षा हासिल गरेका गुरूहरुलाई पनि मैले भेट्ने अवसर पाएँ उहाँहरु पनि मसंग सन्तुष्ट हुनु भएको छ। उहाँहरु चाहि जन्म कुण्डली नक्षत्र अनुसार हेर्नुहुँदो रहिछ। त्यो पनि पला घडि मिलेको छ भने यसमा एक सय प्रतिशत मिल्छ भन्ने हो। चिना मिलेको छ भने ज्योतिषले भनेको कुरा मिल्छ। तर मलाई चिनाहरु चाहिदैन। मैले आवाजबाट, हातको रेखाबाट, फोटोबाट हेर्दै आको छु। यसैलाई म अलौकिक शक्ति मान्छु अनि शिब भगवानको बरदान पनि यहि मेरो ज्ञान अनि पेशाले गर्दा नै १३ लाख भन्दा बेसीको आफूले भबिष्य हेरेको र सबैसंग भेटघाट गर्न पाएको र विदेशमा बस्ने नेपालीहरुको पनि आबाज फोटोबाट उनीहरुको भबिष्य हेरेको बताउछिन्।

म आफै विदेश नपुगेता पनि मेरो लाखौ भक्तजनहरुको माध्यमबाट पुग्न सफल भएकी छु। तर अब चाडै नै विदेशमा बस्ने भक्तजनहरुको अनुरोधमा देशबाहिर पनि जान लागेको कुरा पनि माता बताउछिन्। उनले मानिसको मात्र पनि होइन मुलुकको पनि केही भबिष्यबाणी गरेकी छन् उनको भनाइ अनुसार २०७३ सालदेखि उता देशमा केही शान्ति हुन्छ भनेर पहिला पनि भनेकी थिए। यो २०७२ सालसम्म यस्तै हुन्छ किन कि २०७२ मुलुकको लागि अनिष्ट छ।

२०७३ सालबाट केही शान्ति हुन्छ कि भन्ने मैले देखेकी छु। अहिले रहेको संविधानसभा भवन जुन नयाँ बानेश्वरमा छ त्यसमा नकारात्मक दोष परेको छ। त्यहाँ बसेर कुनै काम सञ्चालन गर्छु भन्दा स्वतः सञ्चालन हुने, छिट्टै सम्पन्न हुने अवस्था देखिदैन। प्रधानमन्त्री हुनेमा के.पी. शर्मा ओलीको अलि राम्रो योग रहेको कुरा उनले पहिलेदेखि नै भन्दै आएको पनि बताउछिन्।

उनीसंग राजनीतिज्ञ, ब्यापारी, सर्बसाधारणदेखि गुन्डागर्दीमा संलग्न सबै खालका मानिसहरु आफ्नो भबिष्य देखाउन आउछन् भने कतिले धम्की पनि दिन्छन् नराम्रो पनि भन्छन्, कतिले बाहिर नराम्रो काम गरेर अब मेरो के हुन्छ भनेर पनि देखाउन आउछन्। तर सबैलाई सकारात्मक सदमार्ग देखाएर पठाउने गरेको उनी बताउछिन्। उनि भन्छिन मुलुकमा २०७८ सालसम्म केही न केही समस्या आइरहन्छन्। २०७२ साल देशकालागि एकदमै डरलाग्दो साल हो।

माता भन्छिन् अलौकिक शक्ति धेरैसँग हुन्छ तर चिन्न सक्नु पर्छ। अलौकिक शक्ति एकै ठाउमा रहेर यसलाई निर्धारण गर्नु पर्यो। यसलाई विकृतिको रुपमा लिनुहुँदैन। अहिले मानिसहरुमा बिकृतिहरु फैलिरहेको छ यसलाई सकारात्मक संदेश दिएर मुलुक अनि जनताहरुलाौ अग्रगामी दिशातर्फ उन्मुख गर्दै सबैले हत्या हिंसालाई त्यागेर शान्तिको मार्गमा लाग्नु पर्ने बताउछिन्।

नेपाली माता सबिता सरु शर्मा आचार्य भन्छिन् यो मेरो पेशा हो, योभित्र नि नियम छ म सबैलाई उतिकै माया गर्छु मेरो नि आफ्नै दायरा छ नेपालभित्रबाट मात्र नभएर विदेशबाट पनि तपाईहरुले सम्पर्क गर्न सक्नु हुनेछ। यदि तपाईहरु पनि नेपाली माता सबिता सरु शर्मा आचार्यसंग भेटघाट गर्न चाहनु हुन्छ अन्य बिस्तृत जानकारी लिन चाहनु हुन्छ भने उहाँको यो मोबाईल नम्बर ९८४२२१७१६२ मा फोन गर्न सक्नुहुन्छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7949