अमेरिकाको डेबिसमा भूकम्पपीडितको सहयोगार्थ कार्यक्रम

दीक्षा बस्नेत / एचकेनेपाल डट कम –
नेपालको बिनाशकारी भूकम्पमा अस्तव्यस्त भएका नेपालीहरुको सहयोगार्थ क्यालिफोर्नियाको डेबिस शहरमा एक रोचक कार्यक्रम सम्पन्न भएको छ।

ग्लोबल इन्टर कल्चरल नेपालको आयोजनामा भएको सो कार्यक्रमको सँयोजन सो संस्थाका संस्थापक अध्यक्ष तथा नाफ्काका संस्थापक अध्यक्ष दुर्गा प्रसाद दाहालले गर्नु भएको थियो। मिस नेपाल मलिना जोशीले संचालन गर्नु भएको सो कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरु तथा स्थानीय कलाकारहरुले योगदान गरेका थिए। कार्यक्रम संचालनको क्रममा संचालिका तथा मिस नेपाल मलिना जोशीले नेपालको भूकम्पमा आफू र आफूले भोगेका पीडाहरु बर्णन गर्दा सबै दर्शकहरुका आँखा रसाएका थिए।

कार्यक्रममा सविना ढकाल, अनुस्का शर्मा, अनिशा ढकाललगायतले मनोरन्जक नृत्य प्रस्तुत गरेर दर्शकहरुको मन जित्न सफल भएका थिए भने उपहार गुरुङको राष्ट्रियताले ओतप्रोत “मेरो नेपाल” गाउँदा सबैमा देश भक्तिको भावना जागेको प्रतित हुन्थ्यो।

पप सिङर नलिना चित्रकारले स्थानीय भुटानी नेपाली कलाकार रन मगरसंग युगल गीत गाएर राम्रो मनोरन्जन दिँदै दर्शकहरुलाई नचाएका थिए। त्यसै गरी अनिस ओकिली सापकोटा र कोलोराडोबाट आएको लिमिट ३ ब्यान्डका बिजय अधीकारी र साथीहरुको समूहले लाइभ ब्यान्ड प्रस्तुत गरेको थियो।

कार्यक्रमका प्रमुख आकर्षण ख्यातिप्राप्त गायक निमा रुम्बाले गीत गाउँदा पटक पटक “वान्स मोर” भन्ने अनुरोधमा उत्कृष्ट तथा मनोरन्जक गीतहरु गाएर दर्शकहरुलाई मन्त्र मुग्ध परेका थिए। अन्तमा स्थानीय सुन्दरीहरुको समेत सहभागितामा क्याट वाक गीत गाएर भरपूर आनन्द दिएका थिए।

प्रमुख अतिथिको रुपमा ख्यातिप्राप्त कलिउड बलिउड कलाकार सुनिल थापाको उपस्थिति रहेको थियो। सुनिल थापा सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा लाइफ टाइम अचिभमेन्ट अवार्ड लिने क्रममा अमेरिका आएका हुन्।

कार्यक्रममा पश्चिम अमेरिका नेपाली महासंघ वानाका अध्यक्ष तथा एनएएनसिका अध्यक्ष उत्तम कार्की, नाफ्काका अध्यक्ष सुरेन्द्र अधीकारी, एनआरएन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण चन्द्र बानिया, नेप्लिज सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष टिकाराम सुबेदी, नेपाली जनसंपर्क समिति उत्तर क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण शेर्पा, नेपाल विश्व सहयोग संघ एन ए जि सि का सस्थापक अध्यक्ष मणी नेपाली पनेरुको उपस्थिति थियो।

त्यसै गरी नेपाली जनसंपर्क समिति उत्तर क्यालिफोर्निया च्यप्टरका निवर्तमान अध्यक्ष चन्द्र धिताल, उपाध्यक्ष लक्ष्मी कार्की तथा तारा बराल, महासचिव हरि भट्ट, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णकी निवर्तमान अध्यक्ष हेमा पनेरु, नाफ्काका पूर्व अध्यक्ष उद्दव गिरी, समाजसेवी तथा व्यवसायी गजेन्द्र अधीकारीलगायत उल्लेख्य संख्यामा उपस्थिती रहेको कार्यक्रम समग्रमा मनोरञ्जक तथा उत्कृष्ट भएको पर्यबेक्षकहरुले बताए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7970