कोलोराडोमा छन्द कवि रमेश खकुरेलको सम्मानमा कार्यक्रम

कोलोराडो प्रतिनिधि / एचकेनेपाल डट कम-
छन्द कवि रमेश खकुरेलको सम्मान तथा न्युयोर्कका कवि बिनोद रोक्काको स्वागत कार्यक्रम आरभादा लाइेब्रेरी कोलोराडोमा शनिवार भब्यताकासाथ सम्पन्न भएको छ।

केशब आचार्यद्वारा संचालित उक्त कार्यक्रमको प्रथम चरणमा सभापति आचार्य प्रभा तथा प्रमुख अतिथि रमेश खकुरेल, अतिथिहरु बिनोद रोक्कालगायत कोलोराडोबासी अन्य महानुभावहरु मुकुन्द अधिकारी, गोपालजी नेपाली, बोर्ड अफ ट्रष्टी बिजयराज शर्मालगायत केन्द्रिय अध्यक्षमा हालै चयन हुनुभएका पदम विश्वकर्मालाई पनि आसन ग्रहण गरिएको थियो।

कार्यक्रममा स्वागत भाषण सचिव दामोदर लुइँटेलले प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको दोश्रो चरणमा गायक बसन्त लम्सालले राष्ट्र कवि माधव प्र. घिमिरेद्वारा रचित राष्ट्रिय गीत गाउनु भएर कार्यक्रमको श्रीगणेश गर्नु भो भने अर्को नेपाली गीत गाएर गायिका उषा किरण अधिकारीले कार्यक्रमलाई संगीतमय पनि बनाउनु भएको थियो।

यसैगरी कार्यक्रममा अ.ने .सा.स. कोलोराडो च्याप्टरकी अध्यक्ष आचार्य प्रभाले प्रमुख अतिथि कवि रमेश खकुरेललाई खादा ओडाएर सम्मान गर्नु हुँदै सम्मानपत्रसमेत प्रदान गर्नु भएको थियो। यस्तै सम्मान र स्वागतको क्रममा कवि बिनोद रोक्का र उहाँकी श्रीमती मेनुका रोक्कालाई पनि खादा ओढाएर कोलोराडोबासीको तर्फबाट स्वागत तथा सम्मान गर्नु भयो।

कार्यक्रममा छन्द कवि रमेश खकुरेलको छोटो परिचयसहित उहाँका रचनाका बारेमा छन्द कवि देव भट्टराईले प्रकाश पार्नु भयो भने कवि रमेश खकुरेलले छन्दको परिभाषा दिनुहुँदै आफ्ना केही छन्द कविताहरु सुनाउनु भएर श्रोताहरुलाई मुग्ध बनाउनु भएको थियो। यसै अन्तर्गत कवि बिनोद रोक्काले पनि अ.ने.सा.स.कोलोराडो च्याप्टरलाई धन्यवाद दिनुहुँदै आफ्ना ब्यंग्यात्मक छोटा तर चोटिला रचनाहरु बाचन गर्नु भएर कोलोराडोबासी श्रोताहरुको मन जित्न सफल हुनु भयो।

सोही क्रममा गायक बसन्त लम्सालले अर्को नेपाली गीत गाउँनु भएर श्रोताहरुलाई मग्न बनाउनु भएको थियो। कार्यक्रमकै सेरोफेरोमा अन्य अतिथिहरुलाई पनि खादा ओढाएर अध्यक्षले स्वागत गर्नु भएको थियो। कार्यक्रमको मध्यमा कविता बाचनको क्रममा कविता बाचन् गर्नुहुने कविहरुमा डा.बिजयराज शर्मा, देब भट्टराई, कुमारजंग कार्की, भुपेन्द्र महत,गोपालजी नेपाली, क्रिष्णमुरारी ढुङेल, हरी प्र.भुषाल, सम्झना आचार्य आदि हुनुहुन्थ्यो।

कार्यक्रम समयमै संचालन भएर समयमै समापन भएको थियो। कार्यक्रममा लग्भग ३५ जनाको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा सभापति आचार्य प्रभाले रमेश खकुरेल र बिनोद रोक्कालगायत सबै उपस्थित महानुभावहरुप्रति आभार ब्यक्त गर्नु हुँदै आफ्नो रचना बाचन गर्नु भएर कार्यक्रम समापन भएको जानकारी दिनु भएको थियो।





Comments

comments

798