मेरो अन्य चलचित्र बिलाए पनि तुलसी कालजयी बनोस्: ऋचा घिमिरे

विजय थापा/ एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। अमेरिकामा हरेक बर्ष ‘फेडरेसन अफ इन्डो अमेरिकन’ संस्थाले आयोजना गर्ने फेस्टिबल अफ ग्लोबमा युवा निर्माता /निर्देशक शंकर घिमिरे तथा निर्मात्री तथा नायिका ऋचा घिमिरेले अभिनय गरेको सामाजिक कथानक चलचित्र तुलसी क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को सन जोसमा प्रदर्शन गरिएको छ।

नायिका केकी अधिकारी, नन्दिता केसी, निर्देशक शंकर घिमिरे, ऋचा घिमिरे अन्य कलाकार तथा दर्शकको साथ संगै बसेर तुलसी हेरेको घिमिरेले बताईन्।

निर्मात्री तथा नायिका ऋचा घिमिरे झन्डै २ बर्ष अगाडि अमेरिकाका विभिन्न शहरमा तुलसी चलचित्र प्रदर्शनको लागि सपरिवार अमेरिका आएकी हुन्। क्यालिफोर्नियाबाट कुराकानी गर्दै आफ्नो चलचित्र तुलशी छनौटमा परेकोमा हर्ष व्यक्त गर्दै प्रदर्शन गर्ने समेत मौका पाईएकोमा यो भन्दा ठूलो कुरा के हुन सक्छ उनले भनिन्।

अहिलेसम्म तुलसी चलचित्र नेपालमा देखाउन नसकेकोमा दुखेसो पोख्दै समय कसो नआउला भन्दै यस्ता ठूला कार्यक्रममा सहभागिता हुनु नै हामी उत्प्रेरित हुनु हो भनिन्। तुलसी चलचित्रको प्रथम प्रदर्शन (प्रिमिएर) भने बाल्टिमोरमा २०१३ को डिसेम्बरमा शानदार प्रदर्शन भएको थियो।

तुलशी चलचित्रलाई अवसर दिएकोमा फेस्टिबल अफ ग्लोब आयोजक, समूह ,नेपाली चलचित्र हेर्ने दर्शक तथा माया गर्ने सबैलाई कृतज्ञता दिन चाहेको बताईन्। नायिका घिमिरेले यो चलचित्र आफूलाई पनि निकै जचेको र आफूले निकै मेहनत गरेकोले यो चलचित्र हृदयमा बसेको बताइन्।

यो चलचित्र हेर्ने सबैले राम्रो लागेको आफूलाई जानकारी दिएका छन् भन्दै मेरो अन्य चलचित्र बिलाए पनि तुलसी कालजयी बनोस् भन्ने मेरो भित्रि चाहना रहेको उनले बताइन्।

गत अगस्ट ७ देखि १६ सम्म भै रहेको उक्त चलचित्र महोत्सव मा ३० देशका २५० वटा फिल्म प्रदर्शन गरिदै छ। महोत्सवमा हलिउडका प्रख्यात कलाकार ज्याक्की चन, स्यारोन स्टोन तथा बलिउडबाट बिद्या बालन, रानी मूखर्जी, गायक सोनु निगम लगायतको उपस्थिती हुने महोत्सवमा सुनील थापाको पनि उपस्थिति रहेको थियो। महोत्सवमा बिश्व भरका कलाकार, पत्रकार, चलचित्र निर्माता, निर्देशक, लेखकहरु उपस्थित भएका छन्।





Comments

comments

Leave a Reply

7994