एनआरएनए कोरियामा सुबेदीको उम्मेदवारी घोषणाले खैलाबैला

मीन प्रकाश उप्रेती / एचकेनेपाल डट कम –

सउल, गैरआवासीय नेपाली सङ्घ कोरियाको अध्यक्षमा यज्ञराज सुबेदीको उम्मेदवारीसँगै खैलाबैला मच्चिएको छ। कोरिया बसाइको लामो समयसम्म नेपाली संस्थाहरुहरुको सार्वजनिक पदमा बस्न चासो नदेखाएका सुवेदीले प्रष्ट योजनासहित अध्क्ष्य पदको उम्मेदवारी घोषणासंगै खैलाबैला मच्चिएको हो।

को हुन् सुवेदी?
ताप्लेजुङ्गमा जन्मिएका सुवेदी झापाको बसाईसँगै १९९६ मा ‌औधोगिक प्रशिक्षणको लागि कोरिया प्रवेश गरेका हुन्। २००२ देखि ५ सम्मको कोरियामा थेओलोजिको अध्ययनपछि किमे विदेशी मजदुर सहयोग केन्द्रको स्थापाना गरी नेपालीलगायत बिदेशीहरुलाई कानुनी सहयोग गर्ने उद्देश्यले स्थापाना गरिएको संस्थालाई दर्ता गरी बैधानिकता दिलाउने पहिलो विदेशीमा सुवेदी रहेका छन्।

कोरियमा आपत परेका नेपालीहरूलाई सहयोग गर्नेहरुमा अग्रपंतिमा देखिने सुवेदी न्यु पोल्टिकल ड्यामोक्रटिक एलाईन्स पार्टी कोरियाका राज्य समिति सदस्यसमेत रहेका छन्। मोल्टिकल्चर उपसमितिका सभापति सुबेदीको अफिसियल रेकर्ड अनुसार वार्षिक रूपमा एघार करोड वन तलब र उपदान उठाई दिएको पाइएको छ भने करिब सात सय पीडितहरुले कानुनी परामर्श लिएका छन्।

कस्ता छन् सुवेदीका एजेण्डा ?
एनआरएन कोरियाको हालसम्मको प्रगति लाई संस्थागत गर्ने, कोरियन सरकारको मान्यता लिई बहुसंख्यांक प्रवासी नेपाली मजदुरहरुको हितमा नयाँ कार्यक्रम ल्याउने, छेत्रीय रूपमा नियमित परामर्श गर्ने र स्थानीय सरकारमा दर्ता गरी नेपालीहरुको दैनिक समस्या समाधान गर्ने रहेका छन्। यसै गरी कोरियन सरकार,राजनैतिक पार्टी र सामाजिक संस्थाहरुसंग नेपाल र नेपालीको विकासको लागि सहकार्य गर्ने सुवेदीका एजेण्डा रहेका छन्।

‘एनआरएन कोरिया धनाड्य, सुकिला, मुकिला र ब्यापारीहरुको मात्र संस्था हो भन्ने मान्यता रही आएको अवस्थामा मेरो नेतृत्वले तपाईहरू जस्ता हजारौं प्रवासी मजदुरहरुको साझा संस्था हो भन्ने कुराको आभास दिलाउन कुनै कसर बाकी राख्ने छैन” सुवेदीले भने। तर तपाईहरुले योग्य र प्रवासी मजदुरहरूको हकहितमा काम गर्ने कुशल नेतृत्वको चयन गर्नु पर्नेछ सुवेदीको भनाई थियो ” यदि यज्ञराज सुबेदी विगतमा तपाईहरूको हितमा काम गरेको व्यक्ति हो र अब पनि गर्छ भन्ने लाग्छ भने मैाका दिनुहोस म तपाईहरुकै हु”।

कुन कुन पदमा को को छन् दावेदार ?
यसैगरि अन्य अध्यक्ष पदका लागि ख्याम कार्की,रबिन तामाङ्ग , राजु क्षेत्री र ध्यान राई चर्चामा रहेका छन् भने उपाध्यक्ष पदका लागि प्रकाश धमला, लक्ष्मी गुरुङ्ग , जुनु गुरुङलगायत रहेका छन्। यसैगरि महासचिवका लागि मुख्य चर्चामा याम श्रेष्ठ रहेका छन भने दीपक पुन र लक्ष्मण दाहाल पनि प्रतिस्पर्धामा रहेका छन्। कोषाध्यक्षमा नवराज बोहराको प्रचार रहेको छ भने कमल शाही पनि सोही पदका उम्मेद्धवार रहेका छन्। उता सचिवका लागि हरि खनाल मुख्य दावेदारका रूपमा देखिएका छन् भने स्वगेन्द्र घले र ईश्वर देवकोटाको नामपनि चर्चामा रहेको छ।

उता बाहिरीरुपमा उम्मेदवारी घोषणा नगरेपनि भित्रभित्रै तानाबाना बुन्न वर्तमान आईसिसि प्रतिनिधि केपी सिटैाला र अध्यक्ष विनोद कुवंर कम्मर कसेर लागेका छन्। उनीहरू दुवै आवश्यक सदस्य सङ्ख्या पुरा गरी आईसिसि प्रतिनिधि बन्ने दाउमा रहेका छन्।





Comments

comments

Leave a Reply

8002