एनआरएन बेलायतलाई आचार संहिता विपरित नजान चेतावनी

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –
लण्डन ६ भाद्र । गैरआवासीय नेपाली संघ एनआरएन बेलायतले विगतदेखि नै अनैतिक र अबैधानिक क्रियाकलाप गदै आईरहेको र यस विषयमा नेपाली युवा समूह युकेलगायत बेलायतका विभिन्न सामाजिक संघ संस्थाहरुले उठाईरहेको आवाजलाई वेवास्ता गदै आईरहेको अवस्थामा हालै सम्पन्न हुन लागेको छैटौं अधिवेशनको प्रक्रियामा पनि निर्वाचन आयोग र कार्य समितिले सन्तोषजनक कार्य नगरेको प्रस्ट भएको छ।

कार्य समितिले र निर्वाचन आयोग आफ्नै एकलौटी संस्था जस्तो आफू खुशी र आफ्नो खल्तिको अनुकूलतामा गठन गरिएको बुझिन्छ। निर्वाचन आयोगले पनि कार्य समितिको निर्देशनमा चलिरहेको स्पष्ट भईरहेको छ।

छैटौं निर्वाचन आयोगले साधारण जनमानसलाई दलदलमा फसाउन गलत फारम र ठेगाना एउटा निरही धोकेवाच प्रेमीकाले धोका दिए जस्तो षढयन्त्रकारी अभियान गरिरहेको खुलस्त भएको छ।

एनआरएन बेलायत कार्य समिति र निर्वाचन आयोगको मिलेमत्वमा आफू खुशी सदस्यहरुको दर्ता संकलन गर्ने, आयोगले तोकेको मिति अनुसार सदस्यताहरुको फारम आईपुग्दा पनि नमिलेको भन्दै रद्ध गर्ने षढयन्त्र, प्रत्याशी उम्मेदवारहरुलाई जानकारी नगराई एनआरएन बेलायतका केही बोरे पदाधिकारीहरु र खल्तीको उम्मेदवारलाई मात्र समावेश गदै बोरा नै नखोली मेरो सदस्यता यति भनेर कसरी किटान गर्न सक्छन् ? यस्तै कारणका बादजुद पनि यहाँ ठूलो षढयन्त्र भईरहको स्पष्ट देखिन्छ।

यसरी आफू खुसि मनपरीतन्त्र गर्ने, प्रक्रियालाई नपछ्याई षढयन्त्रकारी ढंगले लाच पचाउदै यस्तो स्वच्छचारी र घृणायुक्त व्यवहार समाजको अगाडि दोसल्लाको खोल ओड्दै गर्छन् भने अब नेपाली युवा समूह बेलायतले बिभिन्न संघ संस्थाहरुसंग समन्वय गरी छैटौं अधिवेशनकै दिन नयाँ समानान्तर एनआरएन बेलायतको स्थापना गर्ने इङल्याण्डको सुदूर पूर्वमा रहेको किङ्स अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रको केन्द्रमा तत्कालै बसेको ४८ घण्टे नेपाली युवा समूह युकेको कोब्रा बैठकले निर्णय गरेको समूहका प्रवत्ता योगेन्द्र राईले जानकारी गराए।





Comments

comments

Leave a Reply

8041