विषाक्त खानाले ६४ जना गुरुङ चलचित्रकर्मी बिरामी

विषाक्त खानाले ६४ गुरुङ चलचित्रकर्मी बिरामी
३० हस्पिटल भर्ना, दोषीलाई कारवाही गर्न जिफानको माग

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, ३२। गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)को पोखरामा शनिवार चौथो राष्ट्रिय अधिवेशनका सहभागीहरु विषाक्त खानाले ६४ जना विरामी परेकाछन्।

विरामी मध्ये ३० जना पोखराको पार्कल्याण्ड, गण्डकी मेडिकल कलेज, नमस्ते हस्पिटल, मेट्रो सिटी हस्पिटल, मोडेल हस्पिटल, रत्नचोक मेडिकल र काठमाडौं सामाखुशीस्थित नेपाल हस्पिटलमा भर्ना भएका छन्।

विरामी मध्ये जिफानका नव निर्वाचित प्रथम उपाध्यक्ष राजबहादुर गुरुङ(राजेश) र निवर्तमान महासचिव युगबहादुर गुरुङको तमु ह्युलचोक विरौटास्थित नमस्ते हस्पिटलमा उपचार भईरहेको छ भने अमरसिंह चोकस्थित पार्कल्याण्ड हस्पिटलमा द्धितिय उपाध्यक्ष सुवेदार जसबहादुर गुरुङसहित विश्वास गुरुङ, विवेक गुरुङ, तारा गुरुङ, मुस्कान गुरुङ, मुना गुरुङ, नेत्र गुरुङ, लब्सन गुरुङ, सुकेन्द्र गुरुङ, धनु गुरुङ, सानु गुरुङ, सपना गुरुङ र मिनु गुरुङ उपचाररत रहनु जिफानका निवर्तमान द्धितिय उपाध्यक्ष जसु गुरुङले जानकारी दिनुभयो । यसरी नै गण्डकी मेडिकल कलेज नयाँबजारमा मनोज गुरुङ, निस्ता गुरुङ, प्रेमबहादुर गुरुङ, टेकमान गुरुङ, भोज गुरुङ, थमन गुरुङ उपचार भई रहेको छ।

यसैगरी सिर्जनाचोकस्थित मेट्रो सिटी हस्पिटलमा रामबहादुर गुरुङ, न्युरोडस्थित मोडेल हस्पिटलमा सन्तोष कोन्मे, रत्नचोक मेडिकलमा विशाल गुरुङ भनाई भई उपचाररत रहनु भएको जिफानका पूर्व कानुनी सल्लाहकार कृष्णकुमार गुरुङले जानकारी दिनुभयो।

यसरी नै जिफानको चौथो राष्ट्रिय अधिवेशनमा सहभागी हुनु भएका गुरुङ चलचित्रकर्मीहरु प्रितम गुरुङ, बीरबल घले, सत्य गुरुङ, महेस गुरुङ, रेशम गुरुङ, टिकाराम घलेको काठमाडौं सामाखुशीस्थित नेपाल हस्पिटलमा उपचार भईरहेको जिफान श्रोतले जानकारी दिएको छ।

अन्य विरामीहरुले विभिन्न मेडिकलहरुमार्फत घरैमा उपचार गरिरहेको बताईएको छ। अहिले सम्म ६४ जना साथीहरु बिरामी भएको हामीलाई जानकारी प्राप्त भएको छ र उहाँको उपचारका लागि हामी जुटरहेकाछौं, जिफानका नवनिर्वाचित निर्माता तथा निर्देशक विभाग प्रमुख नौजंग गुरुङले बताउनुभयो।

बिरामी परेकाहरु सबैलाई ज्वरो आउने, पेट पोल्ने, पेट सुनिए जस्तो हुने, छाडा बान्ता हुने, रिंगटा लाग्ने गरेको नायक विश्वास गुरुङले बताउनुभयो । कहिले जाडो हुन्छ त कहिले गर्मी, दिनभर ट्वाईलेट धाउदा धाउदा हैरान छ, पेट पोलेर खपिनसक्नु हुन्छ भन्नुभयो।

पार्कल्याण्डमा उपचारमा खटिरहनुभएका डा.चन्द्रबहादुर पुनले फुड पोइजनका कारण स्वास्थ्य विरामी परेको र करिब ७२ घण्टामा फुट पोइजनले समस्या निम्त्याउने गर्दछ भन्नुभयो।

जिफानको चौथो राष्ट्रिय अधिवेशनको उद्घाटन समारोह पोखरा उद्योग वाणिज्य संघमा साउन २९ गते शुक्रवार भव्यताका साथ सम्पन्न पश्चात ३० गते शनिवार पोखरा ३ नदिपुरस्थित बन्द सत्रमा खानाको व्यवस्था नगर प्रशिक्षण केन्द्रमा रहेको चमेनागृहले गरेको जिफानको अध्यक्ष बेदबहादुर गुरुङ श्यामले जानकारी दिनुभयो। अधिवेशनमा सहभागी गुरुङ चलचित्रकर्मीहरु नगर प्रशिक्षण केन्द्रको चमेना गृहको खानाका कारण बिरामी परेकाले नगरप्रशिक्षण केन्द्र र चमेना गृहका संचालन जिम्मेवार हुनुपर्दछ, उहाँको भनाई थियो।

हामी मंगलवार नगरप्रशिक्षण केन्द्र र चमेना गृहका संचालक नारायण श्रेष्ठसँग छलफलमा बस्दैछौं, आवाश्यकता अनुसार कानुनी कारबाहीमा जिफान जानुपर्ने जिफानका साथीहरुको राय रहेको अध्यक्ष गुरुङले बताउनुभयो । चमेना गृह संचालक श्रेष्ठले भने आफ्नो तर्फबाट कमजोरी नगरेको बताउनुभएको छ। दुखद घटनाले आफू चिन्तित भएको बताउनुभयो।





Comments

comments

Leave a Reply

8048