भिम केसी कमलको नेतृत्वमा एनआरएन पोर्तुगलको नयाँ कार्यसमिति

१७ अगष्ठ लिस्बोन, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको पाँचौ अधिबेशन एक भब्य समारोह बीच सम्पन्न भएको छ। होटेल फिनेक्समा आईतबार सम्पन्न अधिबेशनले सर्बसम्मत रुपमा भिम केसी कमललाई अध्यक्षमा निर्बाचित गरेको छ।

अधिबेशनले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यको लागि सर्बसम्मत नै रमेश कुमार गुरुङलाई प्रस्तावित गरेको छ भने नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा राजन शेरचन, सुनिल संगम श्रेष्ठ, शम्भु गौतम,महासचिबमा सोम फुरी शेर्पा, सचिवहरु ध्रुवप्रसाद सापकोटा, कृष्ण कंडेल र कोषाध्यक्षमा रुपक श्रेष्ठलाई चयन गरेको छ।

नयाँ कार्यसमितिको युवा संयोजकमा प्रितमबहादुर गुरुङ र महिला संयोजकमा जयकला राई निर्बाचित भएका छन्। यस्तै कार्यसमितिका सदस्यहरुमा मुक्तिनारायण श्रेष्ठ, धर्मराज अधिकारी, राजेन्द्र अधिकारी, मनिराज सापकोटा, प्रजापति शर्मा, दौलतमान अधिकारी, प्रलाद कंडेल, कोमलनाथ नेपाल, भगवती भण्डारी सुवेदी, झोरमान तामाङ् गीता राना तामाङ्, रामहरी घिमिरे, आङनुरी शेर्पा, गुमान सिंह कार्की र श्यामप्रसाद ढकाल रहेका छन् साथै नब निर्बाचित समितिले हेमराज सुबेदीलाई सदस्यमा मनोनित गरि प्रवक्ताको जिम्मेबारी सुम्पेको छ।

एनआरएन पोर्तुगलका निबर्तमान अध्यक्ष रमेश कुमार गुरुङको अध्यक्षतामा भब्य तथा सभ्य रुपमा सम्पन उक्त अधिवेशनका प्रमुख अतिथि पोर्तुगलका लागि अवैतनिक बाणिज्य दुत मकर बहादुर हमाल बिशेष अतिथिहरु एनआरएन पोर्तुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य सुर्य हमाल, लक्जम्बरबाट आउनु भएका अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य रमेश तोयानाथ हुनुहुन्थ्यो भने अतिथिहरुमा पोर्तुगलस्थित सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरु, निर्बाचन समितिका संयोजक र बुद्धिजिबी तथा प्रतिष्ठित व्यक्तित्वहरु हुनुहुन्थ्यो।

यस अघि एन आर एन पोर्तुगलका नब निर्बाचित पदाधिकारीहरु सर्ब सम्मत चयन गराउनको निम्ति संस्थापक अध्यक्ष पूर्ण हमाल, सल्लाहकार भानु सापकोटा समाजका बिशिष्ठ व्यक्तित्वहरु शुशिल गैरे,बिनोद घिमिरे, राम गौचन, योगेन्द्र मिलन छन्त्याल, डिलाराम चापागाईलगायतको बिशेष पहल र महत्वपूर्ण भूमिका रहेको थियो।





Comments

comments

Leave a Reply

8068