म अमेरिकामा हराउन आएकी हैन: नायिका नन्दिता केसी

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। अमेरिकाको क्यालिफोर्नियामा भएको नेपाल दिवसमा भाग लिन नेपाली चलचित्रकी नायिका नन्दिता केसी अमेरिका आएकी हुन्। त्यसो त उनले त्यतिको लागि मात्र अवसरको भूमि अमेरिका टेकेकी हैनन्।

अगष्ट ७ देखि १६ सम्म अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को सन जोसमा भएको फेस्टिबल अफ ग्लोबमा बिशेष प्रस्तुती गर्न पनि उनी अमेरिका अवतरण भएकी हुन्।

महोत्सवमा ३० देशका २५० वटा फिल्म प्रदर्शन गरिएको थियो भने महोत्सवमा हलिउडका, बलिउडका तथा बिभिन्न देशका प्रख्यात कलाकारहरुको उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा नायिका नन्दिता केसीले नेपालको कला तथा संस्कृति झल्कने प्रकारका नृत्य प्रस्तुत गरि प्रशंसा बटुल्न सफल भएकी थिईन्।

फेस्टिबल अफ ग्लोबले सम्मान पनि दियो नन्दिता केसीलाई। शालीन र साधारण जीवन शैली तर असाधारण अभिनय क्षमता भएकी नायिकाका रुपमा स्थापित छिन् नन्दिता केसी। उनी नेपालबाट क्यालिफोर्निया र क्यालिफोर्नियाबाट अहिले बिश्व कै सम्राट राज्य न्युयोर्कमा अमेरिका नेपाल सुन्दरी प्रतियोगितामा धमकादार प्रस्तुतिको लागि पूर्व अभ्यासमा व्यस्त छिन्।

न्युयोर्कबाट कुराकानी गर्दै उनले भनिन् म अमेरिकामा हराउन आएकी हैन र म बिलिन पनि हुन्न। मैले सार्बजनिक रुपमा म नेपाल फर्कन्छु भन्ने प्रतिबद्धता गरेकी थिएं र आगामी अगष्त ३० तारिख मातृभूमि फर्कदै छु।

अमेरिका मेरो पहिलो पटकको यात्रा हो। अमेरिकाबारे मानिसबाट धेरै सुनेको थिए सुनेको भन्दा यहाँ आउदा अझ राम्रो लाग्यो नन्दिताले भनिन्। आफू नेपाल दिवसको लागि आए पनि फेस्टिबल अफ ग्लोबमा आफूलगायत नायिका केकी अधिकारीसहित उक्त बृहत कार्यक्रममा प्रस्तुति दिएको बताईन्। आफूहरुले नेपाली कला तथा संस्कृति झल्कने र नेपालको पहिचान गराउने प्रस्तुतिले हलिवुड, बलिवुड तथा अन्य देशले मुक्त कण्ठले प्रशंसा गर्दा आफू खुसिले गदगद भएको बताईन्।

नेपाली कलाकारले फेस्टिबल अफ ग्लोब जस्तो महोत्सवमा स्थान पाउनु चानचुने कुरा हैन, उनले भनिन्। लिमोजिन गाडी,पाँच तारे होटलमा बसोबास, ठूलो मंचमा प्रस्तुतिले आनन्दको अनुभूति भएको भन्दै यसले हामी जस्तो देशको कलाकारलाई उत्साह जगाएको बताईन्।

अमेरिकाको हलिवुडमा रेड कार्पेटमा हिड्ने अवसर पाउंदा चरम आनन्द लागेको बताईन्। उनले आफूले लगाएको पोशाक बनाउने नेपालकी सबिना महर्जनलाई बिशेष धन्यबाद दिईन्। त्यसैगरी, फेस्टिबल अफ ग्लोबमा सहभागी गराउन चाजो मिलाउने प्रकाश थापालाई पनि धन्यबाद प्रब्कट गरिन्। उनले नेपाल फर्किनुअघि व्हाइट हाउस र न्युयोर्कको स्वतन्त्रताकी मुर्ति हेर्ने इच्छा लागेको बताईन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

8089