चरी र घैंटे मारिएपछि अतालिएका डनहरु देश छाडेर भाग्ने तयारीमा

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुमार घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि राजधानीलगायत देशका मुख्य सहरमा गुण्डाराज चलाउँदै आएका डनहरु देश छाडेर भाग्ने तयारी गरिरहेका छन्।


चरी र घैंटे

राजनीतिक संरक्षणका आडमा गुन्डागर्दी गर्दै आएका डनहरुसमेत घैंटेको घटनापछि आफूलाई असुरक्षित महसुस गरी देशै छोड्ने तयारी गरिरहेका बेला महानगरीय अपराध महाशाखाले प्रहरी निगरानीमा रहेको गुण्डाका नाइकेहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी राख्न सुरु गरेको खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ।

लामो समयदेखि ठूला व्यापारिक घराना, निर्माण व्यवसायीदेखि विभिन्न व्यवसायमा संलग्न रहेका व्यक्तिहरुलाई तर्साएर आफ्नो धन्दा चलाउँदै आएका डनहरु प्रहरी आफूमाथि आक्रामक ढंगले प्रस्तुत भएको थाहा पाएपछि नेपाल छाड्ने तयारीमा रहेका छन्। प्रहरीले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी गर्नुका साथै देशैभरका मुख्य नाकामा सतर्कता अपनाएको छ।

घैंटेको सम्पत्ति र सम्पर्क जालो केलाउँदै प्रहरी
प्रहरीले कपुरधारास्थित आफ्नै घर अगाडी इन्काउन्टरमा बिहीबार मारिएका कुमार श्रेष्ठको हतियार, सहयोगी र सम्पत्तिकोको खोजी सुरु गरेको समाचार नागरिक दैनिकले छापेको छ।

घैंटेको कारोबारको जालो र लगानीका क्षेत्रको खोजीमा प्रहरी जुटेको हो।

घैंटेको एक वर्ष अघि फेसबुकमार्फत सार्वजनिक गरेको पैसाको चाङसहित पेस्तोलको तस्बिरलाई आधार बनाएर प्रहरीले घैंटे समूहले प्रयोग गर्ने हतियार सुरु गरेको छ। सामाखुसी क्षेत्रमा अपार्टमेन्ट किने पनि उनी कपुरधाराको बालकुमारीमार्गमा बस्दै आएका थिए।

पछिल्लो समय श्रीमतीसँग डिर्भोस भएपछि उनी छोरीसँग बस्दै आएका थिए।

यसरी मारिएका थिए कुमार घैंटे…





Comments

comments

Leave a Reply

8160