कैलाली झडपमा घाइते भएका प्रहरी हवल्दारको निधन

कैलाली, थरुहट तथा मधेसी दलका कार्यकर्ताहरुको आक्रमणमा गम्भीर घाईते भएका प्रहरी हवल्दार जनक नेगीको निधन भएको छ।

काठमाडौंको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा नेगीको निधन भएको हो। गम्भीर घाइते भएका उनलाई सेनाको हेलिकप्टरबाट उपचारको लागि काठमाडौं ल्याएको थियो। नेगीको निधनसंगै कैलाली झडपमा मृत्यु हुने प्रहरीको संख्या ८ पुगेको छ।


फाईल फोटो





Comments

comments

Leave a Reply

8234