संघसंस्थाहरुले एनआरएन बेलायतको अबिधेशन बहिष्कार गर्ने

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-
लण्डन, भाद्र १९ । बेलायतस्थित लण्डन नजिकै ग्रिनफोडमा विभिन्न जातिय संस्था, क्षेत्रीय संस्था र संगठनहरुले आकस्मिक बैठन बसेका छन्। गैरआवासीय नेपाली संघ बेलायतको सदस्यता र शुल्क हिनामिना हुन थालेपछि संघ संस्थाहरुलाई महासचिब राजकुमार त्रिपाटीले उजुरी गरे लगतै आकस्मिक बैठन बसेको हो।

कार्यसमितिका अध्यक्ष मेहन्द्र कंडेल, पूर्व महासचिब रामशरण सिमखडा र पूर्व एनआरएन बेलायतका अध्यक्ष सुर्य गुरुङ समेतका संलग्नतामा सदस्यता र शुल्क हिनामिना भएको आरोप लगाउँदै उजुरी दिएपछि विहीबार बेलुकी बसेको संघको आकस्मिक बैठकले यो विषय टुङ्गो नलाग्दासम्म अधिवेशन स्थगित गर्ने निर्णय गरेको बैठकका अध्यक्ष तथा एनआरएन बेलायतका सल्लाकार मास्टर राष्ट्र राईले जानकारी गराए।

अबिधेशन अगाबै विभिन्न शंका उपशंकाहरु उत्पन्न हुन थाले पनि संस्थाहरु मिली नेपाली समाजलाई कसरी आम सहमतिसाथ एकताबद्ध गराउन सकिन्छ भनि बृहत छलफल गरेको बताए। उक्त बैठकमा संघ संस्थाहरु गहन विश्लेषण गर्दै बर्तमान परिस्थितीमा धेरै सदस्यहरुको नाम समावेश नगरिएको, जताततै अन्योल सिर्जना भएको, निर्वाचन समितिको कार्यहरु शंका, भ्रमयुक्त र छलकपट देखिएको कुरा सर्वसाधारणले बृहत रुपमा गरिरहेकोले करिब १८०० (अठार सय) सदस्यहरुलाई बहिष्कृत गरी निर्वाचन अबको ८ दिनभित्र सुरक्षा, स्वयंसेवक दिई चुनाब गराउन असम्भव हुने अवस्था देखिएको निर्णय गरेका छन्।

निर्वाचन आयोगले तोकेको अगष्ट १५ गते भित्र आवश्यक निवेदन गरी अनलाइन वा चेक भुक्तानी भएका सदस्यहरुको नाममात्र दर्तागरी प्रकाशित गर्नु पर्नेमा दर्ता प्रक्रिया अपारदर्शी भएको, धेरैको नाम प्रक्रिया पुगे पनि छुटेको अवस्था देखिएको ठहर गरेका थिए। यो अधिवेशनलाई नियतबश जटिल बनाएको बैठकले दाबी गरेको छ।

महासचिब त्रिपाटीका अनुसार बैक बयानलाई नियाल्दा अगष्ट १५ पछि ठूलो मात्रामा रकम जम्मा भएको र धेरै सदस्यहरुको दर्ता गराइएको, बढिमा एक परिवारले १० (दस) सदस्यको १०० (एक सय) पाउण्ड मात्र अनलाइन वा चेकबाट भुक्तानी भएमा मात्र सदस्यता मान्य हुने तर अगष्ट १५ भित्रमा रकम एनआरएन बेलायतको खातामा जम्मा भईसक्नु पर्ने बैधानिक बाध्यता रहेकोमा त्यसको ख्याल नगरी अपारदर्शी तरिकाले निर्वाचन समितिले कार्य गरेको कर्तुत फेला पारेको खुलाशा गरेका छन्।

तसर्थ १८०० (अठार सय) सदस्यहरुलाई बहिष्कृत गरी चुनाब गराउन असम्भब भएकोले गैरआजासीय नेपाली संघ बेलायतको छैटौं अधिवेशन स्थगित गर्न माग गरेका छन्। गत शुक्रबार बसेको आकस्मिक बैठकमा संघका अध्यक्ष महेन्द्र कडेलको अध्यक्षतामा बसेको कार्यसमितिको दुई तिहाई बैठकले गरेको अधिवेशन स्थगित, निर्वाचन समिति भङ्ग र परिस्थिती विश्लेषणलाई गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमितिको क्षेत्राधिकारभित्र रहेको सार्वभौम अधिकार ठहर गदै स्वागत गरेका थिए।

कार्यसमितिको बहुमतको निर्णयलाई गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष महेन्द्र कडेलले स्वीकार नगर्नु र निर्वाचन समितिलाई उक्साई उमेदवार लिन लाउनुलाई अप्रजातान्त्रिक र अपारदर्शी एवं तानाशाही कदम ठहर गरेको छ। महासचिब त्रिपाटीले जारी गरेको गैरआवासीय नेपाली संघ बेलायतको बैक खातामा रहेको बैक बयान हेर्दा कडेले १५,५००(पन्ध्र हजार पाँचसय पाउण्ड) हालै तीन दिनभित्र झिकी अर्कै खातामा सारेको कार्यलाई जघन्य अपराध गरेको आरोप लगाएका छन्। उनले भने संस्थामा यस्ता जघन्य अपराध गर्नेलाई संस्था र समाजबाट निजलाई सर्वत्र बहिष्कार गर्न र अदालतमा तुरुन्त पेश गर्नु पर्ने सल्लाह दिएका छन्।

शुक्रबार कार्यसमितिले विघटन गरेको निर्वाचन समितिमा पूर्व संयोजक डाक्टर राधब प्रसाद धिताल एवं समितिका सदस्यहरुले कडेलको उक्साहटमा उमेदवार दर्ता आह्वान गरेको कार्य अप्रजातान्त्रिक ठहर गरी घोर भत्सर्ना गरेका छन् एवं पूर्व निर्वाचन आयोगका सदस्यहरुलाई पद लिप्त मानबको संज्ञा समेत दिएका छन्।

विगतदेखिको कार्य समितिको रकम हिना–मिना भएको पारदर्शी हस्तान्तरण नगरेको अवस्थामा पूर्वदेखि बर्तमानसम्मको हिसाब किताब अडिट नगरी र हस्तान्तरण नभई आउने कार्य समितिलाई हस्तान्तरण नर्गन र गैरआवासीय नेपालीहरुको दुखले जम्मा गरेको रकमलाई हिनामिना हुन नदिन अगष्ट २८ का दिन संघको बैठक बसी महासचित्र राजकुमार त्रिपाटीलाई खाता रोक्का गर्न अधिकार दिएको निर्णयको लागि उचित निर्णय ठहर गरी कानुनी प्रक्रिया अगाडि बढाउन संघ संस्थाहरुले प्रतिबद्धता जाहेर गरेको थियो।

बेलायती समाज एवं संघ संस्थाहरुले आउने छैटौं अधिवेशन पारादर्शी नहुने ठहर गरी यथास्थितिमा निर्वाचन गराउन खोजे बहिष्कार गर्ने र आउँदो १२ तारिखका दिन अधिवेशन भए झडप हुने, भातृत्व खलल हुने हुनाले अधिवेशन स्थगित गर्न माग प्रस्तुत गदै भविष्यमा अधिवेशन अगाडि बढाई अप्रिय, अशोभनीय परिस्थिति उत्पन्न भए त्यसको जिम्मेवारी महेन्द्र कडेल र निर्वाचन समितिका संयोजक डा राधब प्रसाद धितालले लिनु पर्ने संघ संस्थाका प्रतिनिधिहरुले बताएका छन्। तसर्थ कुनै अप्रिय अवस्था उत्पन्न भए निजहरुलाई सामाजिक बहिष्कार गर्ने निर्णय समेत लिएका छन्।

आज सम्मका अबैधानिक क्रियाकलाप बिरुद्ध बैधानिक बनाउन, विधि विधानको पद्धति स्थापना गर्न, आर्थिक पारदर्शीता कायम गर्न सदैब लडिरहने प्रतिबद्धता व्यक्त गरेका थिए। यथास्थितिमा छैटौं अबिधेशनको गराइए १२ तारिखको अधिवेशन स्थलमा प्रतिकार गर्ने र १३ तारिखको निर्वाचन बहिष्कार गर्ने, सर्वसाधारणमा बहिष्कारको लागि आह्वान गर्ने निर्णय लिएको छ।

युवा समूह बेलायतले सर्वसाधारणमा अपारदर्शीको विरुद्ध डटेर लड्नको लागि एकजुट हुन अनुरोध गरेको छ। एनआरएन बेलायतका पूर्व अध्यक्ष सुर्य गुरुङले ४२०० पाउण्ड महेन्द्र कडेलको समितीलाई कार्यकारी हस्तान्तरण गरेपनि एनआरएन युकेको नाममा काटिएको चेक कडेलले हसुलेको तथ्य प्रकाशित भएको स्रोतले जानकारी गराएको छ। कडेलले एक पटक १०,००० पाउण्ड झिकेको, भर्खरै १५,५०० पाउण्ड फेरी सुटुक्क चोरी गरेको र अझै चोर्न लाग्दा रन्ङ्गेहातमा परेका कडेललाई संस्थाबाट सधैको लागि बर्खास्त र सर्वत्र बहिष्कार गर्न सनिबार सेप्टेम्बर ५ तारिख लण्डन जान युवा समूह बेलायतका प्रवक्ता योगेन्द्र राईले बेलायतबासी सम्पूर्णमा हार्दिक बिन्ती गरेका छन्।

यसै गरी कडेलले पाचौ महाधिवेशनको करिब ७ हजार सदस्यको रकम ७० हजार पाउण्ड समेत निजले नबुझाएका र सबै मिली संस्थाको रकम फिर्ता गरी निजलाई कानुनी दायराम पुर्याउन हरेक बेलायतबासीको दायित्व देखिन्छ। अखबारहरु र अनलाइन खबरतिर प्रकाशित महासचिब त्रिपाटीलाई सम्पूर्ण कडेलको षढयन्त्र जनमासमा स्पष्ट गराउदा कडेलले त्रिपाटीलाई पदबाट बरखास्त गरी कारवाही गर्छु भनि सार्वजनीक बक्तव्य दिने महेन्द्र कडेल र निजलाई साथ दिने उनका सुराकी, उनको दानापानीमा अल्झेका पत्रकार र निजलाई उस्काउने अवसरबादीहरुलाई समेत डा्रगन व्याइजले आन्दोलन गर्ने बताएका छन्।

कडेलले हकुलाले थिचेर तानाशाही प्रक्रिया अपनाउँदै निर्वाचन गराउन खोजे त्रिपाटीको नेतृत्वमा अधिवेशन स्थलमा अनसन बस्ने निर्णय समेत घोषणा गरेको छ। अबिधेशन स्थलमा आमरण अन्नसन बस्न सम्पूर्ण व्यवस्था गर्न एनआरएन बेलायतका महासचित्र राजकुमार त्रिपाटी र प्रतिकारको लागि युवा समूह बेलायत परिचालन गर्न राष्ट्र राई संयोजक र युवराज गुरुङ उपसंयोजक हुने गरी प्रजातन्त्र र पारदर्शीताको लागि लड्न ५०१ सदस्यीय विशेष समिति समेत खडा गरेको युवा समूह युकेका अध्यक्ष रिचड गुरुङले बताए। उक्त समितिलाई कतैबाट प्रतिकार भए र कान्तिपुर र गोर्खा पत्रको नाम बेचिखाने अर्थात कडेलको नुन खान पल्केका पत्रकारलाई समेत ठूलो दुश्मन संझि बदला लिने निर्णय गरेको समूहका सल्लाहकार धिरज राईले बताए।

अन्तत आमरण अनशनमा महासचिब त्रिपाटीको ज्यान तलमाथि भएको खण्डमा महेन्द्र कडेलको बेलायत र काठमाडौमा चलिरहेको कलेजको सम्पति त्रिपाटीको परिवारलाई गराईदिने निर्णय गरेका छन्। आखिर कडेल को हो त्यो ? नेपालमा जस्तै फ्याउरे गुण्डाको कार्य गर्ने बेलायत जस्तो प्रजातान्त्रिक मुलुकमा गर्न मिल्छ ? के बेलायतबासी नेपालीहरुले यो स्वीकार गर्न सक्लान्? कडेलले आफ्ना श्रीमती काफ्ललेलाई समेत झुक्याएको खबर छ, निजको कालो कर्तुत सुनिरहदा जीवन साथी काफ्लेले पारपाचुके गर्ने समुदायको सुराकीले जनाएको छ। सुराकीको अनुसार कडेललाई प्रत्येक घरबाट प्रतिकार साथै कालो मोसो दलेर बाजा बजाउँदै गौथलीको भाकामा फुर्र फुर्र नगर पुतली जालमा परेपछि चाल पाउछौ भने झै कडेल र उनका मित्र राम शरण सिमखडालाई माछाको जालमा परिसकेको ठोकुवा युवा समूहका सल्लाहकार कुमार थापाले बताए।





Comments

comments

Leave a Reply

8305