बर्दियामा प्रहरी र बन्दकर्ताबीचको झडपमा प्रहरी हवल्दारको मृत्यु

१८ भाद्र । बर्दियाको मैनापोखरमा प्रहरी र बन्दकर्ताबीच भएको झडपमा प्रहरी हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको छ।

झडपमा गम्भीर घाइते भएका प्रहरी हवल्दार पाण्डेलाई उपचारको लागि नेपालगञ्ज ल्याउने क्रममा बाटोमा मृत्यु भएको बाँके प्रहरी उपरीक्षक बसन्त पन्तले बताए।

हवल्दार पाण्डेमाथि धारिलो हतियार प्रहार भएको थियो। अत्याधिक रक्तश्रापका कारण उनको मृत्यु भएको जनाईएको छ। अहिले उनको शव नेपालगञ्ज मेडिकल कलेजमा राखिएको छ।

पूर्वबाट छुटेका रात्रि बसलाई स्कर्टिङ गरेर बर्दियाको सदरमुकाम गुलरिया लैजाने क्रममा थरुहट आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो। बन्दकर्ताले नियन्त्रणमा लिएको दुईवटा यात्रुबस छुटाउने क्रममा प्रहरी र बन्दकर्ताबीच आज बिहान झडप भएको हो। झडपमा चार-पाँच राउण्ड गोली चलेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुँवरले बताए। उनले बन्दकर्ताले समेत गोली चलाएको दाबी गरेका छन्।

यसअघि, कैलालीको टीकापुरमा प्रदर्शनकारीको आक्रमणबाट एसएसपीसहित ८ जना प्रहरीको ज्यान गएको थियो।





Comments

comments

Leave a Reply

8331