किन चल्दैछ दीपाश्री निरौलालाई बोक्ने होडबाजी…?

केही दिन यता हास्य कलाकारहरूमा दीपाश्री निरौलालाई बोक्ने, उचाल्ने होड नै चलेको छ। उनलाई कहिले दीपकराज गिरीले बोक्छन्, त कहिले केदार घिमिरे (माग्नेबुढा) अनि सीताराम कट्टेल (धुर्मुस)ले उचाल्छन्। अनि, कहिले फेरि दीपाश्रीले माग्नेबुढालाई बोक्छिन्।

यो किन भइरहेको छ भने, उनीहरूले संयुक्त लगानीमा निर्माण गरेको फिल्म ‘वडा नम्बर ६’ १ असोजमा रिलिज हुंदै छ । त्यसकै प्रचारका लागि उनीहरू जहाँ–जहाँ कार्यक्रममा जान्छन्, एक–अर्कालाई बोकेर दर्शकमाझ वडा नम्बर ६ को प्रचार गर्छन्। शनिबार उनीहरू बालाजुको माछापोखरी चोकमा उचाला–उचाल गरे। साथमा दर्शकको ताली र हाँसो पनि गुन्जियो। ‘कसरी हुन्छ, बढीभन्दा बढी दर्शकलाई जानकारी दिनुपर्‍यो नि,’ दीपाश्रीले भनिन्, ‘वडा नम्बर ६ असोज १ मा आउँदै छ भनेर खुसीयाली बाँड्न यस्तो गरेका हौँ। यो क्रमले अझ उग्ररूप लिनेछ।’ नयाँपत्रिकामा समाचार छ।





Comments

comments

Leave a Reply

8368