बेलायतमा गजल तथा मुक्तक विशेष कार्यक्रम सम्पन्न

सुमलकुमार गुरुङ / एचकेनेपाल डट कम –
लण्डन, बेलायती राजदूतावास लण्डनमा महाभूकम्प पीडितहरुको सहयोगार्थ ०४ जुलाई २०१५को भव्य साहित्यिक कार्यक्रम समपन्न गरेपश्चात दिनांक ०६ सेप्टेम्बर २०१५ को दिनमा वाटफोर्ड लण्डनस्थित नमस्ते काठमाडौं रेस्टुरेन्टमा करिब चार दर्जन बेलायती नेपाली साहित्यका सर्जकहरु तथा साहित्य अनुरागीहरु माँझ नेपालबाट बेलायत आएका वरिष्ठ गजलकार रवि प्राञ्जल तथा वरिष्ठ मुक्तककार, नेपाल मुक्तक प्रत्तिष्ठानका अध्यक्ष रामकाजी कोने गुरुङको स्वागतमा गजल र मुक्तकको साहित्यिक दोभानरुपी कार्यक्रम सम्पन्न भएको थियो।

नेपाली साहित्याकाशका चम्किलो नक्षत्र मोतीराम भट््टका १५०औं जयन्ती मनाउने अवसर पारेर अन्तर्राराष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टर र नेपाल मुक्तक प्रत्तिष्ठान बेलायत च्याप्टरको संयुक्त आयोजनामा सम्पन्न साहित्यिक कार्यक्रमलाई दुई चरणमा सञ्चालन गरेको थियो।

कार्यक्रमका मुख्य संयोजक तथा अनेसास बेलायत च्याप्टरका उपाध्यक्ष नारायण गाउँलेले सञ्चालन गरेको यस कार्यक्रमका सभाध्यक्षहरु क्रमशः अनेसास बेलायत च्याप्टरका अध्यक्ष डा. रुपक श्रेष्ठ (पहिलो चरण) तथा नेपाल मुक्तक प्रत्तिष्ठान बेलायत च्याप्टरका अध्यक्ष दुर्गा प्रसाद पोख्रेल (दोश्रो चरण) रहेका थिए । प्रमुख अतिथि रवि प्राञ्जल, विशेष अतिथि रामकाजी कोने गुरुङ, अन्य अतिथिहरुमा अनेसास युरोप च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङ, वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपाली, शिक्षा तथा समाजसेवी चण्डिका भट्ट, पूर्वमन्त्रि तथा सर्जक बलदेव शर्मा मजगैया तथा बीबीसी नेपालीका भगिरथ योगी रहेका थिए।

अतिथिद्वयले दिर्घकालीन साहित्य तथा समाजलाई पुर्याएको योगदानलाई कदर गर्दै क्रमश डा. रुपक श्रेष्ठ तथा दुर्गा प्रसाद पोख्रेलद्वारा रवि प्राञ्जल तथा रामकाजी कोनेलाई खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरेको थियो। यस विशेष कार्यक्रमलाई नेपाली साहित्यका बहुआयमिक प्रत्तिभाका धनी मोतीराम भट्टको तस्बीरमा सहभागी अतिथिहरु तथा सर्जकहरुले माल्यार्पण गरेर प्रारम्भ गरेको थियो। कवि, जीवनीकार, नाटककार, गजलकार, अभिनेता, निर्देशक, पत्रकार जस्ता विभिन्न आयाम बोकेका मोतीराम भट्टको जीवनीबारे सञ्चालक नारायण गाउँले बडो सटिक ढंगबाट उनका कृतित्व र व्यक्तित्व बारे प्रकाश पारेका थिए। त्यहि अवसरमा अनेसास युरोप च्याप्टरका नवनिर्वाचित अध्यक्ष सुमल कुमार गुरुङलाई पनि खादा ओढाएर सम्मान गरेको थियो।

कार्यक्रमलाई सर्जक जगन्नाथ धिमिरेले स्वागत मन्तव्यद्वारा सबैलाई स्वागत गरेका थिए। यसै अवसरमा प्रमुख अतिथि र विशेष अतिथिको संक्षिप्त जीवनबारे नारायण गाउँले र सागर सिलवालले प्रकाश पारेका थिए। कार्यक्रमको मुख्य आकार्षण गजल विद्याका वरिष्ठ सर्जक रवि प्रान्जल तथा मुक्तकका वरिष्ठ सर्जक रामकाजी कोने गुरुङ रहेका थिए।

प्रथम चरणको कार्यक्रम गजलका लागि छुट्याईएता पनि एकाध कविताले पनि ठाउँ पाएको थियो। आफ्नै मिठो गजलबाट शुरु गरेर गजलकारहरुलाई अमान्त्रित गर्दै मिठा मिठा गजलको स्वाद सञ्चालकले चखाएका थिए । गजल तथा मुक्तक वाचन गर्नेहरुमा नवराज घिमिरे, नारायण गाउँले, कृण्ण तिवारी, शिवराज पन्त, नृपेश उप्रेती, घनश्याम रेग्मी, सुमल कुमार गुरुङ, खगेन्द्र नेपाली, प्रत्तिमा केसी, बिरु मुकारुङ, लिला गुरुङ, सारादेवी गुरुङ (लोकगीत), बलदेव शर्मा बजगैया, राजकुमार श्रेष्ठ, दुर्गा प्रसाद पोख्रेल, डा.रुपक श्रेष्ठ, बासु शर्मा र आदर्श श्रेष्ठ आदि थिए।

प्रथम चरणको कार्यक्रमको अवधिमा रवि प्राञ्जलका उत्कृष्ट १५वटा गजलहरुको वाचन भएको थियो। रवि प्राञ्जलका गजलहरुले माहौल गजलमय बनाएको थियो । अध्यक्ष डा. रुपक श्रेष्ठको गजल वाचन पछि उनले प्रथम चरणको कार्यक्रम समापन गरेका थिए । तालीको गडगडाहटबिच मिठा विविध गजलहरुको वाचन पछि दोश्रो चरणको कार्यक्रमलाई नेपाल मुक्तक प्रत्तिष्ठान बेलायत च्याप्टरका महासचिव बिरु मुकारुङले सञ्चालन गरेका थिए।

आफ्नै चोटिलो रुवइ (मुक्तक)बाट सम्बोधन गर्दै शुरु गरेको दोश्रो चरणको मुक्तक कार्यक्रमले माहौल गर्माउँदै गयो। एक से एक मुक्तकहरुको वर्षाले माहौल मुक्तकमय बनेको थियो । मुक्तककै कार्यक्रममा केहि समयका लागि समय निकालेर नेपाल मुक्तक प्रत्तिष्ठान बेलायत च्याप्टरका सदस्यहरुको प्रमाणपत्र केन्द्रिय अध्यक्ष रामकाजी कोनेको हातबाट वितरण गरिएको थियो। यसपछि रामकाजी कोने गुरुङका मुक्तक वाचन शुरु भएको थियो। साँझ चिसीँदै गएता पनि उनको मुक्तकले वातावरण न्यानो बनाएको थियो। समयको अभावले उनका धेरै मुक्तकहरु सुन्ने रहर हुँदाहँुदै पनि कार्यक्रम समापन गर्नु परेको थियो। यो नेपाल मुक्तक प्रत्तिष्ठानको सातौं श्रृङ्खला थियो। अन्तमा नेपा मुक्तक प्रत्तिष्ठान बेलायत च्याप्टरका अध्यक्ष दुर्गा प्रसाद पोख्रेलले आफ्नो मुक्तक वाचनसंगै रोचक कार्यक्रमलाई समापन गरेका थिए।





Comments

comments

Leave a Reply

8383