युएई तिज कार्यक्रममा रामजी खाँड र मुना थापा मगर आउने

बिनोद श्रेष्ठ “क्रान्ति” / एचकेनेपाल डट कम-
दुबई, ३१ जेष्ठ। नेपाली जनप्रगतिशिल मञ्च युएईले महिलाहरूको महान पर्ब हरितालिका तिज २०७१ को उपलक्ष्यमा अगष्ट २२ मा दुबईस्थित अस्टेरिया होटलमा तिज बिशेष सास्कृतिक कार्यक्रम गर्ने भएको छ।

१३ जुन मा सम्पन्न जनप्रगतिशिल मञ्च युएई केन्द्रिय समितिको बैठकले मञ्चको उपाध्यक्ष सुरेश ढकालको संयोजकत्वमा २९ सदस्यीय आयोजक समिति गठन गरेको छ।

राष्ट्रिय ख्यातिप्राप्त लोक दोहोरी गायक/गायिका रामजी खाँड र एकल स्वरका धनी मुना थापा मगर साथै नारायण न्योैपानेलगायत युएईका चर्चित गायक गायिकाहरूको बेजोड प्रस्तुती रहने कार्यक्रमका संयोजक ढकालले बताए।

प्रबासमा रहेर पनि नेपाली पहिचान तथा मोैलिकताको जगेर्ना गर्नको निम्ति साथै नेपाली दिदीबहिनीहरूको सुखदुख एक अापसमा बाड्नको लागि उक्त कार्यक्रम गर्न लागेको अायोजक समिति सदस्य बाबुराम बिश्वकर्मा बताँउछन्। उक्त सास्कृतिक कार्यक्रममा युएईमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभगी भई भरपुर मनोरन्जन लिन सक्ने अायोजकको दाबी छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

85