यूरोपका एनआरएन उम्मेदवारहरूबीच अन्तरक्रिया

ॐ शर्मा / नवराज थापा
लुभेन ,बेल्जियम । गैरआवासीय नेपाली संघ सातौं विश्व सम्मेलनको पूर्वसन्ध्यामा नेपाल पत्रकार महासंघ यूरोप शाखाले अन्तर्क्रिया कार्यक्रम सम्पन्न ग-यो ।

सातौं विश्व सम्मेलनकोमा उम्मेदवार घोषणा गरेकाहरुसँग नेपाल पत्रकार महासंघ यूरोप शाखाले गरेको अन्तक्रियामा उम्मेदवारको एजेण्डालाई गैरआवासीय नेपाली माँझ पु-याउन प्रत्यक्ष प्रशारण साथै स्काइपमार्फत गरिएको उक्त अन्तक्र्रियामा जर्मनीबाट प्रतिनिधित्व गर्ने वर्तमान महासचिव तथा उपाध्यक्षका प्रत्यासी कुमार पन्तले देश पुननिर्माणको चरणमा रहेकाले एनआरएन अभियानमा आफ्नो निरन्तरता स्वरूप उपाध्यक्ष पद जिम्मेवारी लिन चाहेको बताए। बर्तमान कार्यसमितिका महासचिबको जिम्मेवारी निर्वाह गरिरहेका पन्तले भने, ‘हार भए पनि जीत भए पनि सदैब एनआरएनकै साथमा रहने प्रतिबद्दता ब्यक्त गर्दछु।’

स्पेनबाट महासचिब पदमा उम्मेद्वार घोषणा गरेका पुष्पराज तिमिल्सिनाले आफू महासचिबका लागि पूर्ण रुपमा योग्य रहेको बताउदै मत दिएर जिताउन गैरआवासीयहरुलाई अनुरोध गरे। अष्ट्रेलियामा एकै देशबाट अध्यक्ष, महासचिबलगायत महत्वपूर्ण सबै पदहरुमा उमेद्वारी घोषणा गरेकोप्रति इंगित गर्दै तिमिल्सिनाले एनआरएन एउटा देशको मात्र नभई ७१ बढी मुलुकको संजाल रहेको स्पष्ट पारे।

अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार समेत रहेका तिमिल्सिनाले युरोपका एनआरएनहरुको मत पाउने विश्वाससहित बेल्जियमको कार्यक्रममा सहभागीता जनाएको बताए।

बेल्जियमबाट नै सचिवमा उम्मेद्वार घोषणा गरेका अर्जुनकुमार श्रेष्ठले युरोप क्षेत्रको संयोजकमा रही अनुभवहरु बटुलेको बताउदै अझ थप जिम्मेवारी लिने महशुस गर्दै सचिव पदमा उमेद्वारी घोषणा गरेको बताए। संघको गहन अनुभवका कारण, यस अभियानको चुनौति र अवसरहरुलाई निकटबाट बुझेको बताउँदै श्रेष्ठले चुनौति र अवसरहरुको ब्यवस्थापनमा सक्रिय रहने, संघका उद्देश्यहरुको प्राप्तिमा सहयोग गर्ने उदेश्यका साथ आगामी कार्यकालका लागि केन्द्रिय सचिव पदमा उम्मेदवारी दिएको जनाएका छन्।

प्रत्यक्ष कार्यक्रममा उपस्थित नभई स्काईप मार्फत कुराकानी गरेका अर्का सचिबका प्रत्यासी सुरेन्द्र श्रेष्ठले संबिधान बनीसकेकाले अब देशमा, निश्चल मनका साथ गैर आबसीयहरुले लगानी गर्नु पर्नेमा जोड दिए। बेलायतदेखि उम्मेद्वारी घोषणा गरेका श्रेष्ठले एनआरएको अभियानलाई मनदेखि नै साथ दिने बताउदै अब लगानी भित्राउन आफुले जोड दिने बताए।

युरोप संयोजक पदमा उम्मेद्वारी घोषणा गरेका डेनमार्कका सोम सापकोटा र बेलायतका कुल आचार्य दुबैले स्काईपमार्फत नै सहभागिता जनाएका थिए। युरोप उपसंयोजक पदमा रही काम गरिरहेका सापकोटाले बिगत २ वर्षमा युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुमा आफ्नो समय र क्षमताको प्रयोग गर्दै एनआरएन वृत्तमा काम गरेको अनुभवका आधारमा पनि संयोजकको जिम्मेवारी स्वभाबिक रहेको बताए। एनआरएन युकेका पूर्ब अध्यक्ष एवम् आईसीसी सदस्य आचार्यले युरोपमा बसेर नेपालीहरुको समस्या तथा पीडा नजिकबाट बुझेको र संघको अभियानमा निरन्तर लागेको हुनाले पनि समस्या समाधान गर्न सक्दो पहल गर्ने उद्देश्यले आफूले उम्मेदवारी दिने बताए।

बेल्जियमबाट नै युरोप उपसंयोजक पदमा उम्मेद्वारी घोषणा गरेका शिबकुमार बरुवाल र प्रेम गुरुङ प्रत्यक्ष अन्तरक्रियामा सहभागी भए। बरुवाल बर्तमान आईसीसी सदस्य हुन् भने गुरुङ एनआरएन बेल्जियमका निर्बतमान अध्यक्ष हुन्। दुवै जनाले युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदका गैर आबसीयहरुको हितमा लागि पर्ने प्रतिबद्दता ब्यक्त गरे।

बेल्जियमबाट नै अन्तर्राष्ट्रिय समन्वय परिषद महिला संयोजक पदमा उम्मेद्वारी घोषणा गरेकी रजनी प्रधानले बेल्जियमबाट नै शुरु भएको एक युरो एक महिलाको अभियान अहिले संसारभर पुग्न सकेकोमा खुसी ब्यक्त गरिन्। महिला उप-संयोजक पदमा रही काम गरिरहेकी प्रधानले अझै खाडी मुलुक र नेपालका बिकट ठाँउमा रहेका महिलाहरुको हितमा लागि आफुले ठोस योजना सहित संयोजक पदमा उम्मेद्वारी घोषणा गरेको बताईन्। यस्तै युवा संयोजक पदमा उम्मेद्वारी घोषणा गरेका निर्मल अर्याल र फणिन्द्र पन्तले पनि अन्तरक्रियामा सहभागी बन्दै नेपालको पुनःनिर्माणसाथै जो दिने बताए । फ्रान्सबाट सहभागी बनेका अर्याल र नेदरल्याण्डका पन्तले युवा परिचालन सम्बन्धि एजेण्डाहरु पनि प्रस्तुत गरेका थिए।

राष्ट्रिय समन्वय परिषद बेल्जियमका अध्यक्ष गंगाधार गौतमले एनआरएन अभियन्ताहरुलाई स्वागत गर्दै शुभकामना ब्यक्त गरे।

मौखिक सन्देश मार्फत संघका अन्तर्राष्ट्रिय अध्यक्ष शेष घले र उपाध्यक्ष भबन भट्टले कार्यक्रमको सफलता र उम्मेदवारहरुलाई शुभकामना ब्यक्त गरेका थिए।

पत्रकारहरु वीरमान घर्तिमगर , उज्वल केसी , दिपकज्योती पौडेल , डिल्ली अंमाई , नबराज थापा , छिरिङ्ग डोल्मा लगायतले सम्योजन गरेको सो कार्यक्रममा एन आर एन बेल्जियमबाट प्रतिनिधित्व गर्ने नबनिर्बाचित आईसिसी सदस्य चिज कुमार श्रेष्ठ, एन आर एन बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ , फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याल , जन संपर्क समिती बेल्जियमका अध्यक्ष सुबाश जोशी , जन प्रगतिशिल मन्चका अध्यक्ष चित्र सुबेदी, ओएनएफ पोर्तुगलका अध्यक्ष सुबाश अधिकारी, बेल्जियम उपाध्यक्ष पदम गुरुङ, क्याटका अध्यक्ष दिनेश भण्डारी,चिनिया दुवाल ,सिता सापकोटा ,कल्पना मगर, पूर्व आईसिसी सदस्य पिजी सेर्पा लगायतको उपस्थिती रहेको थियो।

पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षता सम्पन्न अन्तर्राक्रिया कार्यक्रमको संचालन महासंघका बरिष्ठ उपाध्यक्ष ओम शर्माले गरेका थिए।

एनआरएनको कोषाध्यक्षमा हङकङबाट यम कुमार (त्रिलोक) गुरुङको उम्मेदवारी घोषणा, हेर्नुहोस् भिडियो

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

8786