मिस टिन गण्डकीको फाइनल यहि असोज २५ गते हुने

राम ढुंगेल / एचकेनेपाल डट कम –
पोखरा, द ब्रेभ इन्टरटेन्टमेन्ट पोखराको आयोजनामा हुने मिस टिन गण्डकीको फाइनल यहि असोज २५ गते पोखराको सभागृहको सभा हलमा हुने भएको छ।

१५ जना सुन्दरीहरुलाई र्याम्पमा हिँड्ने ट्रेनिङका साथ साथै विभिन्न बौद्धिकमूलक तालिम जस्तै व्यतित्व, नेतृत्व विकास र पोखराका यस फिल्डसँग सम्बन्धित विभिन्न दक्ष व्यतिहरुलाई बोलाई तालिम दिई राखिएको छ। साथ साथै विभिन्न सुन्दरी प्रतियोगिताका विजेताहरु आएर हैसलामूलक कक्षाहरु दिई रहेका छन्।

यस कार्यक्रम पोखराकै एक राम्रो कार्यक्रम बन्नेमा इभेन्ट संयोजक विशाल क्षेत्रीले बताएका छन्। कार्यक्रम राम्रो बनाउन कुनै पनि कमि नराख्ने उनको भनाई र साथै सो कार्यक्रमलाई पोखरा क्रियटिभ अर्वाड हाउस लगायतका विभिन्न संध संस्थाहरुबाट सहयोगको प्रतिवद्धताका साथै सहयोग आउने क्रम जारिरहेको जनाए।

सुन्दरी प्रतियोगितालाई लिएर भइरहेका विभिन्न टिका टिप्पणी र भ्रममूलक नकारात्मक कुराहरुलाई सुल्झाउन पनि यस कार्यक्रमले टेवा पुर्याउने विभिन्न व्यक्तिहरुको भनाइ सुन्नमा आएको छ।

सानै उमेरदेखि व्यवसायिक कार्यक्रमहरु साथै विभिन्न संस्ध संस्थामा आवद्ध भएर अघि बढिरहेका छन्। उनी आँफै पनि एक मोडल हुन् विभिन्न व्यवसायिक विज्ञापन रेष्टुरेण्ट विज्ञापनहरुमा काम गरिसकेका छन् भने अव एक चलचित्रमा पनि अभिनय गर्ने भएका छन्। साथै उनी पोखराका एक होटल तथा रेष्टुरेण्ट व्यवसायी पनि हुन्।





Comments

comments

Leave a Reply

8790