नायिका रिमाको विहे…

नायिका रिमा विश्वकर्माले दर्जनौँ फ्यानको ‘प्रपोज’ बेवास्ता गर्दै आइतबार लगनगाँठो गाँसेकी छिन्। मन मिलेको भन्दै रोबर्ट विश्वकर्मासँग रिमा विवाह बन्धनमा गाँसिएकी हुन्।

धरानका रोबर्ट अहिले बेलायतमा बसोबास गर्छन्। आधा दर्जनभन्दा धेरै फिल्म र दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरिसकेकी रिमा अब बेलायत जान्छिन् कि नेपाल नै बसेर अभिनयलाई निरन्तरता दिन्छिन् भन्ने निश्चित छैन।

विवाहमा रिमाका साथी नन्दिता केसी, केकी अधिकारी र बेनिशा हमाल पनि उपस्थित थिए। डेढ वर्षअघि फेसबुकबाट रिमा र रोबर्टको चिनजान भएको थियो। रिमा अभिनीत फिल्म ‘भालेफाइट’ गत साता ‘रिलिज’ भएको समाचार नयाँपत्रिकाले छापेको छ।
छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

8848